पर्यटन क्षेत्रमा खोपको व्यवस्था गर्न माग « Khabarhub

पर्यटन क्षेत्रमा खोपको व्यवस्था गर्न माग


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा पर्यटन परिषद् आबद्ध सङ्घ संस्थाले कोरोना महामारीले सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा देखिएको जनाउँदै यस क्षेत्रका अग्रपङ्क्तिमा रहेकालाई खोपको व्यवस्था सुनिश्चित गर्न माग गरेका छन् ।

पोखरा पर्यटन परिषद्ले आज विज्ञप्ती जारी गर्दै देशको अर्थतन्त्रलाई माथि उठाउने सो क्षेत्रलाई चलायमान बनाउन खोप आवश्यकता रहेको र यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई ध्यानाकर्षण गराएको छ ।

विज्ञप्तिमा ‘नो भ्याक्सिन, नो मोर पर्यटन’ उल्लेख गर्दै पर्यटन क्षेत्रसँग सम्बद्ध व्यवसायी कर्मचारी मजदुर लगायत अग्रपङ्क्तिमा रहेर सेवा दिइरहेकालाई खोप सुनिश्चित गरी अन्तरराष्ट्रिय बजारमा सकारात्मक सन्देश दिन आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ “सरकारले सङ्क्रमणको अवस्था हेरेर बिस्तारै बन्दाबन्दी खुकुलो बनाउने तयारी गरेको छ । पर्यटक श्रमजीविले खोप नलगाई सेवा प्रवाह गर्न सक्ने स्थिति छैन र सेवा दिइहाले पनि सुरक्षित हुन सक्दैन । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई प्राथमिकमा राखेर पर्यटनलाई चलायमान बनाउन माग गर्दछौ ।”
पर्यटनलाई चलायमान बनाउन विभिन्न मुलकले खोपलाई प्राथमिकतामा राखेर पर्यटकलाई निम्तो दिएको जनाइएको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ८ : ३० बजे

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति

काठमाडौं– एआई प्रविधि मनोरञ्जन क्षेत्रमा तीव्र रूपमा प्रवेश गरिरहेका बेला

कांग्रेसमा गगनलाई टक्कर दिने विषयमा तैँ चुप मै चुप, अरु पदमा प्रतिस्पर्धा हुने

काठमाडौं– गत पुस अन्तिममा विशेष महाधिवेशन गरेर कांग्रेसको सभापति बनेका

‘छ महिने सुत्केरी बिदा प्रस्ताव स्वागतयोग्य’

काठमाडौं– सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदा ९८ दिनबाट बढाएर