एक जना मानिस ससुराली गएछ । ससुरालीमा राम्रो प्रकारले स्वागत गर्ने क्रममा दाल, भात, तरकारी, अचार, दही, चिउरा, फलफूल र जाँड खान दिएछन् । जाँड धेरै खाएर होला, लर्खराउँदै ऊ घरतिर लागेछ र बीच बाटोमा उसलाई बान्ता आएछ । बान्ता गर्दैगर्दा उसले एउटा भ्यागुतो देखेछ । त्यसपछि जाँडको तालमा लरबरिँदै भनेछ—
जँड्याहा : भात खाएँ, भातै आयो । दही खाएँ, दही नै आयो । चिउरा खाएँ चिउरै आयो । जाँड खाएँ जाँड नै आयो । हैन, मैले यो भ्यागुतो चैँ कतिखेर खाएछु <
साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट
प्रतिक्रिया