जनकपुर–जयनगर रेलको ट्र्याक परीक्षण शुरू | Khabarhub Khabarhub

जनकपुर–जयनगर रेलको ट्र्याक परीक्षण शुरू


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुर–जयनगर रेलको ट्रयाक परीक्षण गरिएको छ ।

आज जयनगरबाट १२० को स्पीडमा कुर्थासम्म परीक्षण गरिएको हो । रेलवे ट्रयाकको स्पीड परीक्षण र सर्टिफिकेसन गर्न भारतबाट रेल ल्याइएको छ ।

जनकपुरहुँदै रेल कुर्था पुगेको छ । रेलमा नेपाल र भारतका अधिकारीहरु सहभागी छन् । निर्माणाधीन रेलवे ट्रयाकको स्पीड परीक्षण कुर्थाबाट शुरू हुने रेल्वे विभागका इन्जिनियर विनोद ओझाले जानकारी दिए ।

भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलले ‘ट्र्याक स्पीड’ परीक्षण गरेको हो । एक हजार तीन सय सिट क्षमताको यो रेल हाल जनकपुर–जयनगर–कुर्थासम्म ३४ किलोमिटरमा सञ्चालन हुनेछ ।

पछि महोत्तरीको बिजलपुरा हुँदै बर्दिबाससम्म रेल चलाउने सरकारको योजना छ । त्यसको लागि कुर्थासम्मको रेल्वे लिक निर्माण सम्पन्न भइसकेको छ ।

भारत सरकारको आर्थिक सहयोगमा ६ वर्षदेखि जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्म ब्रोडगेज रेल सेवाका लागि रेल्वे निर्माण भइरहेको छ ।

गत वर्ष असोजमा जनकपुर–जयनगरसम्म मात्र रेल सेवा परीक्षण शुरू गरिएको थियो । नेपाल सरकारले एक वर्षअघि ८४ करोड ६५ लाख रूपैयाँमा दुई सेट रेल खरिद गर्न भारतीय कम्पनीसँग सम्झौता गरेको थियो ।

गत असोज महिनामा नेपाल रेल्वेलाई दुवै रेल हस्तान्तरण गरिएको थियो । तर कर्मचारी व्यवस्थापन, कानून अभाव र भारतसँग सम्झौतामा ढिलाई लगायतका कारणले हालसम्म रेल सञ्चालनमा आउन सकेका छैन ।

सशस्त्र प्रहरीको टोली परिचालन गरेर १० महिनादेखि इनरवा स्टेशनमा रेल थन्क्याएर राखिएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १२ : ५४ बजे

निर्माताको दाबी : ‘जेरी अन टप’ले नवौं दिनमा मात्रै एक करोडमाथि ग्रस कलेक्सन गर्‍यो

काठमाडौं– नायक अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ उच्च

कैलालीमा पनि छठ पूजा गर्नेको सङ्ख्या बढ्दै

कैलाली– छठ पर्वका अवसरमा छठ पूजा सेवा समिति धनगढीले कैलालीको

क्षतिग्रस्त सिंहदरबारका भवनमा रङरोगन, जलेका रुखहरूले हाल्दैछन् पालुवा

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा सिंहदरबारमा

राजेन्द्र महतोसँग कुरा नमिलेपछि सचिव पद त्यागेकी सुधा आफैं बनिन् मन्त्री

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाल्ने जिम्मेवारी त्यही मन्त्रालयकी पूर्वसचिवको

चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरण हालसम्म