सेती नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह « Khabarhub

सेती नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– केही दिनयतादेखिको लगातारको वर्षाका कारणसेती नदीमा पानीको बहाब अत्यधिक बढ्न थालेको छ ।

नदीमा पानीको बहब बढ्न थालेकाले खतरा बढ्नसक्ने जनाउँदै आसपासका बस्ती बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, कैलडा तथा नारीदाङका स्थानीयवासीलाई विशेषगरी रातिका समयमा सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

जिल्लाको गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ । जिल्ला प्रशासन कार्यालयले सेती नदीमा पानीको बहाब बढेकाले आसपासका नागरिकलाई सचेत रहन आग्रह गरेको यो दोस्रो पटक हो । यसभन्दा पहिले गत असारमा पनि नदीमा पानीको बहाब ८.४ क्युसेक पुगेको थियो ।

बाढी मापन केन्द्रका अनुसार ३.५ क्युसेक बहाब हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्दछ । नदीले यहाँका धान रोपेका खेतमा कटान गरी बगाउन थालेको छ । त्यसैगरी नदीमा पानीको बहाब बढ्न थालेसँगै इलाका प्रहरी कार्यालय दिपायल र प्रहरी चौकी तिल्तालीको टोलीले नागरिकलाई नदी क्षेत्रमा नजान तथा सचेत रहन माइकिङ गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ८ : ४५ बजे

ट्रम्प प्योङयाङसँग वार्ताका लागि इच्छुक : दक्षिण कोरियाली राष्ट्रपति

सियोल- दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

‘जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्य आवश्यक’

काठमाडौं- सरोकारवालाहरुले जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्यमा जोड

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

बनेपा– जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ । जिल्लास्थित

१४औँ कार्यसमितिले नै नियमित प्रक्रियाबाट १५औँ महाधिवेशन गर्छ : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता प्रकाशमान सिंहले १४

रुसी संसदीय निर्वाचनका लागि मतदान सुरु

मस्को- रुसमा ४५० सदस्यीय तल्लो सदन ‘स्टेट डुमा’ चयनका लागि शुक्रबारदेखि