महिलामा आङ खस्ने समस्या किन हुन्छ ? « Khabarhub

महिलामा आङ खस्ने समस्या किन हुन्छ ?


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महिलाहरुको सानो पेटमा रहेको पिसाव थैली, पाठेघर वा दिसे आन्द्राले सामान्य अवस्थाबाट ठाँउ छोडेर योनीमा झर्नुलाई आङ खस्नु भनिन्छ ।

नेपाली महिलामा बढी देखिने यो मुख्य स्वास्थ्य समस्या हो । बालबिवाह, स्वास्थ्य संस्थाको पहुँच नहुनु, अशिक्षा र धेरै सन्तान जन्माउनु मुख्य कारण हुन् ।

सानो पेटका अङ्गलाई अड्याइ राख्ने मांसपेशीलाई कमजोर भएर खुकुलो हुँदै जानु आङ खस्ने कारण रहेको चिकित्सक बताउँछन् ।

आङ खस्ने समस्या जोडिएको सामाजिक कुरा :
– सानो उमेरमा विवाह गर्नु
– सानो उमेरमा बच्चा जन्माउनु
– धेरै बच्चा जन्माउनु तथा जन्मान्तर कम हुनु
– दक्ष स्वास्थ्यकर्मीद्वारा सुत्केरी नगराउनु, स्वास्थ्य सेवाको पहुच नहुनु
– लामो समय सम्म सुत्केरी ब्यथा लाग्नु
– सुत्केरी अवस्थामा प्रर्याप्त पोशिलो खाना र स्याहार नपुग्नु
– गह्रौ भारी बोक्नु
– टुक्रुक्क बसेर धेरे बेरसम्म काम गर्नु
– घाँस काट्ने, पानी बोक्ने जस्ता काम गर्नु
– पेटको माथिबाट तललिर कसेर पोटुका बाँध्नु
– सुत्केरी आमालाई बारम्बार खोकी लागि रहनु
– कब्जीयत हुनु
– असुरक्षित गर्भपतन गराउनु
– सुत्केरी पछि आराम नपुग्नु
– वंषाणुगत

लक्षण
– योनीद्वारमा केही डल्लो आएर बसेको जस्तो हुनु वा अप्ठारो महसुस हुनु
– खोक्दा भोरी बोक्दा डल्लो झन तल झर्नु
– तिघ्राको बिचमा गह्रौ जस्तो हुँदा हिड्न र काम गर्न अप्ठयारो हुनु
– टुक्रुक्क बस्दा कठिनाई हुनु
– दिसा पिसाब गर्न गाह्रो हुनु
–छिनछिनमा पिसाव लागि रहनु
– ढाड कम्मर तथा सानो पेट दुख्ने आदि आङ खस्ने रोगको लक्षणहरु हुन । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ७ : ०९ बजे

आरसिबीका लागि विराटको नटआउट विष्फोटक ब्याटिङ २०२ रनको लक्ष्य १५.४ ओभरमै पूरा

काठमाडौँ – रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको