महिलामा आङ खस्ने समस्या किन हुन्छ ? | Khabarhub Khabarhub

महिलामा आङ खस्ने समस्या किन हुन्छ ?


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महिलाहरुको सानो पेटमा रहेको पिसाव थैली, पाठेघर वा दिसे आन्द्राले सामान्य अवस्थाबाट ठाँउ छोडेर योनीमा झर्नुलाई आङ खस्नु भनिन्छ ।

नेपाली महिलामा बढी देखिने यो मुख्य स्वास्थ्य समस्या हो । बालबिवाह, स्वास्थ्य संस्थाको पहुँच नहुनु, अशिक्षा र धेरै सन्तान जन्माउनु मुख्य कारण हुन् ।

सानो पेटका अङ्गलाई अड्याइ राख्ने मांसपेशीलाई कमजोर भएर खुकुलो हुँदै जानु आङ खस्ने कारण रहेको चिकित्सक बताउँछन् ।

आङ खस्ने समस्या जोडिएको सामाजिक कुरा :
– सानो उमेरमा विवाह गर्नु
– सानो उमेरमा बच्चा जन्माउनु
– धेरै बच्चा जन्माउनु तथा जन्मान्तर कम हुनु
– दक्ष स्वास्थ्यकर्मीद्वारा सुत्केरी नगराउनु, स्वास्थ्य सेवाको पहुच नहुनु
– लामो समय सम्म सुत्केरी ब्यथा लाग्नु
– सुत्केरी अवस्थामा प्रर्याप्त पोशिलो खाना र स्याहार नपुग्नु
– गह्रौ भारी बोक्नु
– टुक्रुक्क बसेर धेरे बेरसम्म काम गर्नु
– घाँस काट्ने, पानी बोक्ने जस्ता काम गर्नु
– पेटको माथिबाट तललिर कसेर पोटुका बाँध्नु
– सुत्केरी आमालाई बारम्बार खोकी लागि रहनु
– कब्जीयत हुनु
– असुरक्षित गर्भपतन गराउनु
– सुत्केरी पछि आराम नपुग्नु
– वंषाणुगत

लक्षण
– योनीद्वारमा केही डल्लो आएर बसेको जस्तो हुनु वा अप्ठारो महसुस हुनु
– खोक्दा भोरी बोक्दा डल्लो झन तल झर्नु
– तिघ्राको बिचमा गह्रौ जस्तो हुँदा हिड्न र काम गर्न अप्ठयारो हुनु
– टुक्रुक्क बस्दा कठिनाई हुनु
– दिसा पिसाब गर्न गाह्रो हुनु
–छिनछिनमा पिसाव लागि रहनु
– ढाड कम्मर तथा सानो पेट दुख्ने आदि आङ खस्ने रोगको लक्षणहरु हुन । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ७ : ०९ बजे

कर विवरण नबुझाउने करदातासँग प्रत्यक्ष सम्पर्क अभियान

चितवन– आन्तरिक राजस्व कार्यालय भरतपुरले गत वर्षको आय विवरण नबुझाएका करदातालाई

‘असाधारण अवस्थामा जिम्मेवारी पाएँ, प्रहरीको मनोबल उठाउन काम गर्छु’

काठमाडौं – नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई बिहीबार

पोर्चुगलमा कामदार भिसा बन्द : ठगी धन्धाबाट बच्न अनुरोध

लिस्बन– पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका

कागती खेतीबाट मनग्य आम्दानी

गण्डकी– कृषि कर्ममा लाग्ने हो भने रोजगारीका लागि विदेशै ताक्नु

प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न (तस्बिरहरू)

काठमाडौं- नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक दान बहादुर कार्कीलाई दर्ज्यानी चिन्हबाट