अफगानिस्तानबाट उद्धार गरिएका थप ९० नेपाली काठमाडौँ आइपुग्दै « Khabarhub

अफगानिस्तानबाट उद्धार गरिएका थप ९० नेपाली काठमाडौँ आइपुग्दै


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानबाट उद्धार गरेर कतारमा राखिएका थप ९० जना नेपाली आज काठमाडौँ आइपुग्दै छन् ।

कतार एयरवेजको विमानबाट थप ९० जना नेपाली आउने नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

अफगानिस्तानबाट कुवेत पुगेका केही नेपाली आउने भनिए पनि उनीहरुको पिसिआर परीक्षण हुन नसकेकाले कुवेतमै रोकिएको उनले बताए।

गएराति थप ८७ जना नेपाली नागरिक स्वदेश फर्किएका छन्। मंगलबार बिहान जजिरा एयरलाइन्सको विमानले १ सय १८ जना नेपाली नागरिक र ९ जना भारतीयलाई ल्याएको थियो। छिमेकी राष्ट्रहरुसँगको निरन्तर प्रयास र समन्वयका आधारमा नेपाली नागरिक काठमाडौँ आइपुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल आइपुगेकालाई आवश्यक प्रक्रिया पूरा गरी सीसीएमसीको समन्वयमा सामाखुशिस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोरोना परीक्षणलगायत प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ। मन्त्रालयका अनुसार मंगलबार साँझसम्ममा कन्सुलर सेवा विभागको वेबसाइडमा २ सय ५६ नेपालीले आफ्नो विवरण दर्ता गरेका छन्।

अफगानिस्तानमा रहेका नेपालीलाई कन्सुलर सेवा विभागको वेबसाइटको अनलाइन पोर्टलमा रहेको नामसहितका विवरण दर्ता गर्न भाइबर र ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बर उपलब्ध गराइएको छ।

उद्धारको पखाईमा रहेका नेपालीलाई उद्धार नहुँदासम्म जो जहाँ रहेपनि तोकिएको सम्पर्क नम्बरमा सम्पर्कमा रहन तथा एक आपसमा त्यहाँ रहेका नेपालबीच उपलब्ध माध्यमबाट सूचना आदानप्रदान गर्न र सुरक्षित रहन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ९ : ३२ बजे

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला