पाटन दरबार क्षेत्रमा बिनामास्क प्रवेश निषेध « Khabarhub

पाटन दरबार क्षेत्रमा बिनामास्क प्रवेश निषेध


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- विश्वसम्पदा सूचिमा सुचिकृत ललितपुर महानगरपालिका–१६ स्थित ऐतिहासिक पाटन दरबार परिसरमा बिनामास्क प्रवेश निषेध गरिएको छ ।

महानगरपालिकाले  दरबार परिसरमा भीड हुने जनाउँदै  मङगलबारदेखि सो  व्यवस्था गरेको हो ।

नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भने, “हामीले पाटन दरबार छिर्ने तीन स्थानमा बिनामास्क प्रवेश निषेधको जनचेतनामूलक बोर्ड राख्नुका साथै गरिब तथा वृद्धवृद्धालाई मास्क र स्यानिटाइजरसमेत वितरण गरिरहेका छौँ ।”

मास्क नलगाएका व्यक्तिलाई  बोलाएर कोरोनाको ख्याल गर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सुझाव दिने गरेको उनले जानकारी दिए ।

महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले कोरोना सङ्क्रमणलाई अन्त्य गर्न जनस्वास्थ्यका मापदण्ड पालनामा जोड दिए ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ११ : ११ बजे

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको