नयाँ दल दर्ताको तयारीमा महन्थ ठाकुर समूह, पार्टीको नाम जसपा लोकतान्त्रिक राख्ने « Khabarhub

नयाँ दल दर्ताको तयारीमा महन्थ ठाकुर समूह, पार्टीको नाम जसपा लोकतान्त्रिक राख्ने


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजनीतिक दलसम्बनधी अध्यादेश जारी भएसँगै जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले नयाँ दल दर्ताको तयारी थालेको छ । ठाकुर पक्ष दल दर्ताका लागि आजै निर्वाचन आयोग जाने तयारीमा छ ।

सत्ता राजनीतिबाट सुरु भएको लडाईंमा उपेन्द्र यादव पक्षले जसपाको आधिकारिकता पाएपछि खुम्चिएर बसेको पूर्वराजपा समूह राजनीतिक दलसम्बन्धी अध्यादेशको पर्खाइमा थियो ।

मन्त्रिपरिषद्ले मंगलबार सिफारिस गरेको अध्यादेश बुधबार राष्ट्रपतिले जारी गरेसँगै ठाकुर पक्ष नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोग जाने तयारीमा जुटेको हो । ठाकुर पक्षले पार्टीको नाम जसपा (लोकतान्त्रिक) र चुनाव चिह्न साइकल राख्ने निर्णय गरेको छ ।

नेता लक्ष्मणलाल कर्णका अनुसार दल दर्ताका लागि टोली निर्वाचन आयोगमा जाने तयारी छ । पार्टीको नाम जसपा (लोकतान्त्रिक) राख्ने निर्णय गरेको बताउँदै कर्णले चुनाव चिह्न साइकल दाबी गर्ने बताए ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  २ : ३६ बजे

देशका विभिन्न ठाउँमा पहिरोले विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

रुकुम पश्चिम – सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा गाडीको ठक्करबाट

तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई