चार दिनदेखि बेपत्ता किशोरीको शव भेटियो « Khabarhub

चार दिनदेखि बेपत्ता किशोरीको शव भेटियो


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– सर्लाहीमा चार दिनदेखि घरबाट बेपत्ता भएकी एक किशोरीको हत्या गरेको अवस्थामा शव फेला परेको छ ।

गत साउन ३१ गतेदेखि घरबाट बेपत्ता भएकी लालबन्दी नगरपालिका १७ की १६ वर्षीया प्रियंका भुजेलको शव फेला परेको हो । हत्या गरिएको अवस्थामा मंगलवार राति शव फेला परेको प्रहरीले जनाएको छ ।

घरदेखि करिब ३ किलोमिटरको दुरीमा कालिन्जोर खोलामा उनको शव फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

बलात्कार गरी किशोरीको हत्या गरिएको प्रहरीको आशंका छ । डिएसपी बुढाथोकीले घटनाको अनुसन्धान भइरहेको र हत्या आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको बताए ।

पक्राउ परेका दुबै जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारीमा प्रहरी जुटेका छन् । शवलाई पोस्ट मार्डम गन पठाइएको छ । घटनापछि पीडित परिवार शोकमा डुबेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ३ : ०५ बजे

आरसिबीका लागि विराटको नटआउट विष्फोटक ब्याटिङ २०२ रनको लक्ष्य १५.४ ओभरमै पूरा

काठमाडौँ – रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको