दल दर्ता स्वीकृत भएपछि सरकारमा जान्छौँ : नेता पाण्डे « Khabarhub

दल दर्ता स्वीकृत भएपछि सरकारमा जान्छौँ : नेता पाण्डे


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माधव नेपाल पक्षले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन दर्ता गरेको छ ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगत्तै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एमाले (समाजवादी) पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेको हो ।

दल दर्ताको निवेदन दिएर आएपछि नेता राजेन्द्र पाण्डेले पत्रकारसँग भने, ‘एमालेमा अल्मलिएर रहेका साथीहरूलाई पनि चाँडोभन्दा चाँडो नेकपा एमाले (समाजवादी) मा आउन आग्रह गर्छौँ ।’

उनले प्रस्तावित एमाले(समाजवादी) दल दर्ता स्वीकृत भएपछि आफ्नो पार्टी सरकारमा सहभागी हुने बताए । आफूहरुसँग एमालेका उपाध्यक्ष वामदेव गौतम पनि आउने उनले दाबी गरे ।

नयाँ पार्टीको अध्यक्षमा माधव नेपाल र झलनाथ खनाल वरिष्ठ नेता रहनेछन् भने बाँकी सबै सदस्य रहने गरि ९५ सदस्यीय केन्द्रीय कमिटी रहने नेता राजेन्द्र पाण्डेले बताए ।

साविक एमालेका ५८ जना केन्द्रीय सदस्य नयाँ पार्टीमा समेटिएका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ५ : ३६ बजे

बालबालिकाको आँखा परीक्षण गराउन नेत्र विशेषज्ञको सुझाव

चितवन– समयमा परीक्षण नगर्दा धेरै बालबालिकाहरूको दृष्टि गुम्ने गरेको छ

इन्द्रजात्रा पर्व सुरु, हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याइयो (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकामा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक

हाकुवासीको पीडा : भूकम्पले उठिबास, बाढीले सर्वनाश

नुवाकोट– रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन गरेका

ग्लोबल साउथ ‘नियम निर्माण गर्ने’ भूमिकामा पुग्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय