चुट्किला : असी वर्षको बूढो | Khabarhub Khabarhub

चुट्किला : असी वर्षको बूढो


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

असी वर्षको बूढो डाक्टरकोमा गएछ र निकै फूर्ति लगाएर कुरा गर्न थालेछ ।

बूढो : मेरी २८ वर्षकी बूढी गर्भवती भएकी छे, तपाईंको के भनाई छ त डाक्टर साब ?

डाक्टर : म एउटा कथा भन्छु— एकपटक एउटा शिकारीले हतारमा बन्दुकको सट्टा छाता बोकेर हिँडेछ । ऊ जंगलमा पुग्छ र एउटा बाघ देख्छ । छाता उठाउँछ, झटपट छाता उघार्छ, ढ्याम्म, त्यो बाघ त्यहीँ ठहरै हुन्छ ।

बूढो : यो त असम्भव छ, कुनै अर्काे व्यक्तिले बाघलाई बन्दुक हानेको हुनुपर्छ ।

डाक्टर : हो मेरो भनाई पनि यति मात्रै हो । कुरा बुझ्नु भो त !

साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ५ : ०२ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर