अल्पमतमा रहेकी मुख्यमन्त्री शाक्य भन्छिन् ‘छिट्टै बिश्वासको मत लिन्छु’ « Khabarhub

अल्पमतमा रहेकी मुख्यमन्त्री शाक्य भन्छिन् ‘छिट्टै बिश्वासको मत लिन्छु’


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपालले भनेर नै आफूले प्रदेश सरकारको नेतृत्व गरेको दाबी गरेकी छिन् ।

आज महोत्तरीमा पाटी कार्यकर्तासँगको भेटघाटका क्रममा पत्रकारहरुसँग कुरा गर्दै आफ्नो सरकार अहिले अल्पमतमा रहेको र छिट्टै बिश्वासको मत लिने बताइन् ।

नेकपा एमालेको आन्दोलनलाई मजबुत बनाउन माधव नेपालको महत्वपूर्ण योगदान रहेको बताउँदै उनले माधव नेपाललाई संस्थापन पक्षमा नै फर्किन आग्रह गरेको बताइन् ।

‘मैले माधव कमरेडलाई पटक-पटक नेकपा एमाले नै फर्किन आग्रह गरेको छु । तर उहाँले पाटी नै दर्ता गरिसक्नुभयो । उहाँको आफ्नै कुरा होला ।’ उनले भनिन् ।

आफू सरकारमा जाँदा नेकपा एस दर्ता नभएको र अहिले बागमती प्रदेशमा १३ जना प्रदेशसभा सदस्य नेकपा एसतर्फ गएर नै अल्पमतमा परेको मुख्यमन्त्री शाक्यको जिकिर छ ।

माधव नेपालले नयाँ पाटी खोलेर नेकपा एमाले अत्यन्त कमजोर रहेकोतर्फ ध्यानाकर्षण गराउँदै नेकपा एमालेको उपलब्धी र योगदानलाई बचाई राख्न नेता तथा कार्यकर्ताहरुलाई उनले आग्रह गरिन् ।

उनले बागमती प्रदेश सरकारको आयु लामो नभएकोतर्फ संकेत गर्दै सरकारको आयु दुई दिन मात्रै भए पनि जनताको पक्षमा काम गरेर देखाउने प्रतिबद्धता जनाइन् ।

महोत्तरीमा अझै जिल्ला समीकरणमा विवाद रहेको र अहिलेसम्म जिल्ला कमिटीका पदाधिकारीले सपथ ग्रहणसमेत नलिएको तर्फ महोत्तरीका नेता तथा कार्यकर्ताहरुले मुख्यमन्त्री शाक्यलाई ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १२ : ०० बजे

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– दीपक मनाङे नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहमा प्रवेश गरेका

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो