अल्पमतमा रहेकी मुख्यमन्त्री शाक्य भन्छिन् ‘छिट्टै बिश्वासको मत लिन्छु’ « Khabarhub

अल्पमतमा रहेकी मुख्यमन्त्री शाक्य भन्छिन् ‘छिट्टै बिश्वासको मत लिन्छु’


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपालले भनेर नै आफूले प्रदेश सरकारको नेतृत्व गरेको दाबी गरेकी छिन् ।

आज महोत्तरीमा पाटी कार्यकर्तासँगको भेटघाटका क्रममा पत्रकारहरुसँग कुरा गर्दै आफ्नो सरकार अहिले अल्पमतमा रहेको र छिट्टै बिश्वासको मत लिने बताइन् ।

नेकपा एमालेको आन्दोलनलाई मजबुत बनाउन माधव नेपालको महत्वपूर्ण योगदान रहेको बताउँदै उनले माधव नेपाललाई संस्थापन पक्षमा नै फर्किन आग्रह गरेको बताइन् ।

‘मैले माधव कमरेडलाई पटक-पटक नेकपा एमाले नै फर्किन आग्रह गरेको छु । तर उहाँले पाटी नै दर्ता गरिसक्नुभयो । उहाँको आफ्नै कुरा होला ।’ उनले भनिन् ।

आफू सरकारमा जाँदा नेकपा एस दर्ता नभएको र अहिले बागमती प्रदेशमा १३ जना प्रदेशसभा सदस्य नेकपा एसतर्फ गएर नै अल्पमतमा परेको मुख्यमन्त्री शाक्यको जिकिर छ ।

माधव नेपालले नयाँ पाटी खोलेर नेकपा एमाले अत्यन्त कमजोर रहेकोतर्फ ध्यानाकर्षण गराउँदै नेकपा एमालेको उपलब्धी र योगदानलाई बचाई राख्न नेता तथा कार्यकर्ताहरुलाई उनले आग्रह गरिन् ।

उनले बागमती प्रदेश सरकारको आयु लामो नभएकोतर्फ संकेत गर्दै सरकारको आयु दुई दिन मात्रै भए पनि जनताको पक्षमा काम गरेर देखाउने प्रतिबद्धता जनाइन् ।

महोत्तरीमा अझै जिल्ला समीकरणमा विवाद रहेको र अहिलेसम्म जिल्ला कमिटीका पदाधिकारीले सपथ ग्रहणसमेत नलिएको तर्फ महोत्तरीका नेता तथा कार्यकर्ताहरुले मुख्यमन्त्री शाक्यलाई ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १२ : ०० बजे

एमालेको ११औँ महाधिवेशन उद्घाटन भक्तपुरको सल्लाघारीमा, बन्दसत्र राष्ट्रिय सभागृहमा

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा

निर्वाचन प्रयोजनका लागि आज दल दर्ताको अन्तिम दिन

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग

जसपा नेपालले सङ्घर्षका कार्यक्रम सुरु गर्दै, आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि सङ्घर्षका कार्यक्रम सुरु

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्तिप्रति यो

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज काठमाडौंमा भेला गर्दै

काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले आज विशेष भेला (सभा)