करिश्मा भन्छिन् : केपी ओलीले फोन गरेर परीक्षाबारे सोध्नुभो « Khabarhub

करिश्मा भन्छिन् : केपी ओलीले फोन गरेर परीक्षाबारे सोध्नुभो


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेत्री करिश्मा मानन्धरले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर आफ्नो परीक्षाबारे चासो राखेको बताएकी छिन् ।

ओलीले फोन गरेर परीक्षाबारे चासो राखेको अभिनेत्री मानन्धरले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् ।

करिश्माले फेसबुकमा लेखेकी छन्, ‘फोन आउँदा मेरो मोबाइल स्क्रिनमा केपी शर्मा ओली भन्ने आयो। म छक्क परे। मजाक हो कि भन्ने पनि लाग्यो। तर, उहाँ हाम्रो देशको पूर्व प्रधानमन्त्री हुनुहुन्थ्यो।’

पूर्व प्रधानमन्त्री ओलीको आवाज सुन्दा आफूलाई घर मुलीले छोराछोरीलाई भनेजस्तै लागेको करिश्माले उल्लेख गरेकी छन्। उनले आफूलाई सुरुवातमा फोन गर्ने ओली नै हुन् भन्ने विश्वास नलागेको बताएकी छिन्। तर उनले डुङ्गाको कथा सुनाएपछि ओलीले नै फोन गरेको बताएकी छिन् ।

मानन्धरले आफूजस्तो ‘सामान्य कलाकार’लाई फोन गरेकोमा पूर्व प्रधानमन्त्री ओलीलाई धन्यवाद पनि दिएकी छन्।

अभिनेत्री मानन्धर अहिले कक्षा १२ को परीक्षा दिइरहेकी छिन्।

उनले फेसबुकमा यस्तो लेखेकी छिन् –

फोन आउदा मेरो मोबाइल स्क्रिन मा K.P Sharma Oli भन्ने आयो म छक्क परे !!
मजाक हो कि भन्ने पनि लग्यो तर उहाँ हाम्रो देशको पुर्व प्रधानमन्त्री हुनुहुन्थ्यो ।
उहाँको आवज सुन्दा घरको मुलिले छोराछोरीलाई गरे जस्तो सुनिन्थ्यो !!
करिश्मा परीक्षा कस्तो भैरहेको छ ?
हजुर ठिक छ सर !!
तपाई के पी ओली ?????
अ हो विश्वास लागेन !!!
लागेन सर !!
अनि उहाँहाले सुनाएको डुङ्गा को कथा सुनेर लाग्यो यो हाम्रो के पी जी हो ।
आधुनिकताको यो दौडमा सद्भाव र मायाको दुरी मेटाउन येत्रो ठूलो
मान्छे भएर पनि सामान्य कलाकारलाई कल गरिदिनु भएकोमा धन्यवाद के पी बुवा

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १२ : ३५ बजे

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– दीपक मनाङे नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहमा प्रवेश गरेका

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो