करिश्मा भन्छिन् : केपी ओलीले फोन गरेर परीक्षाबारे सोध्नुभो « Khabarhub

करिश्मा भन्छिन् : केपी ओलीले फोन गरेर परीक्षाबारे सोध्नुभो


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेत्री करिश्मा मानन्धरले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर आफ्नो परीक्षाबारे चासो राखेको बताएकी छिन् ।

ओलीले फोन गरेर परीक्षाबारे चासो राखेको अभिनेत्री मानन्धरले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् ।

करिश्माले फेसबुकमा लेखेकी छन्, ‘फोन आउँदा मेरो मोबाइल स्क्रिनमा केपी शर्मा ओली भन्ने आयो। म छक्क परे। मजाक हो कि भन्ने पनि लाग्यो। तर, उहाँ हाम्रो देशको पूर्व प्रधानमन्त्री हुनुहुन्थ्यो।’

पूर्व प्रधानमन्त्री ओलीको आवाज सुन्दा आफूलाई घर मुलीले छोराछोरीलाई भनेजस्तै लागेको करिश्माले उल्लेख गरेकी छन्। उनले आफूलाई सुरुवातमा फोन गर्ने ओली नै हुन् भन्ने विश्वास नलागेको बताएकी छिन्। तर उनले डुङ्गाको कथा सुनाएपछि ओलीले नै फोन गरेको बताएकी छिन् ।

मानन्धरले आफूजस्तो ‘सामान्य कलाकार’लाई फोन गरेकोमा पूर्व प्रधानमन्त्री ओलीलाई धन्यवाद पनि दिएकी छन्।

अभिनेत्री मानन्धर अहिले कक्षा १२ को परीक्षा दिइरहेकी छिन्।

उनले फेसबुकमा यस्तो लेखेकी छिन् –

फोन आउदा मेरो मोबाइल स्क्रिन मा K.P Sharma Oli भन्ने आयो म छक्क परे !!
मजाक हो कि भन्ने पनि लग्यो तर उहाँ हाम्रो देशको पुर्व प्रधानमन्त्री हुनुहुन्थ्यो ।
उहाँको आवज सुन्दा घरको मुलिले छोराछोरीलाई गरे जस्तो सुनिन्थ्यो !!
करिश्मा परीक्षा कस्तो भैरहेको छ ?
हजुर ठिक छ सर !!
तपाई के पी ओली ?????
अ हो विश्वास लागेन !!!
लागेन सर !!
अनि उहाँहाले सुनाएको डुङ्गा को कथा सुनेर लाग्यो यो हाम्रो के पी जी हो ।
आधुनिकताको यो दौडमा सद्भाव र मायाको दुरी मेटाउन येत्रो ठूलो
मान्छे भएर पनि सामान्य कलाकारलाई कल गरिदिनु भएकोमा धन्यवाद के पी बुवा

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १२ : ३५ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको