समाजवादी प्रेस सङ्गठन दर्ता प्रक्रियामा « Khabarhub

समाजवादी प्रेस सङ्गठन दर्ता प्रक्रियामा


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपाल दर्ताको प्रक्रियामा रहेको छ । सङ्गठनको विधानमा १५१ केन्द्रीय कार्यसमितिको व्यवस्था गरिएको छ ।

सङ्गठनलाई प्रभावशाली ढङ्गबाट सञ्चालन गर्न केन्द्रीय समितिमा २४ पदाधिकारीको व्यवस्था गरिएको छ । केन्द्रीय समितिको एक तिहाइ सदस्यबाट सचिवालय गठन र सचिवालयको एक तिहाइ सदस्यको सहभागितामा कार्यालय सञ्चालन गरिने सङ्गठनका संयोजक शम्भु श्रेष्ठले जानकारी दिए । उक्त विधानअनुसार सङ्गठनको संरचनामा अध्यक्ष एक, उपाध्यक्षमा वरिष्ठ, महिला, समावेशी, प्रादेशिक, उपत्यका र एशोसिएट गरी १२ पदको व्यवस्था छ ।

महासचिव एक, उपमहासचिव दुई, सचिवमा समावेशी महिलासहित पाँच र कोषाध्यक्ष एक रहने संरचना बनाइएको छ । लेखा र अनुशासन आयोगमा दुई अध्यक्ष पदको सिर्जना गरी ती पदेन अध्यक्षलाई पदाधिकारीमा राखिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा विधान दर्ताको प्रक्रियामा रहेकाले त्यसको प्रक्रिया पूरा भएपछि आगामी असोजभित्रै घोषणासभा गरिने श्रेष्ठले बताए ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  २ : ५५ बजे

संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी

काठमाडौं – हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली

‘छत्तीसको आँकडा’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा अभिनेत्री रेखा थापा र निर्देशक सबिर

एपेनद्वारा बाढीपीडितका लागि ११ लाखभन्दा बढी राहत

काठमाडौं – एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स इन नेपाल (एपेन) ले

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

काठमाडौं– नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर