अपेनद्वारा बाढीपीडितका लागि ११ लाखभन्दा बढी राहत « Khabarhub

अपेनद्वारा बाढीपीडितका लागि ११ लाखभन्दा बढी राहत


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स इन नेपाल (अपेन) ले रसुवामा आएको बाढीबाट प्रभावितका लागि ११ लाख ११ हजार १११ राहत रकम योगदान गरेको छ।

अपेनले नेपालभरिका विभिन्न पूर्वप्राथमिक विद्यालयबाट संकलन गरेको उक्त रकम मंगलबार शिक्षा मन्त्री सस्मित पोखरेललाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो।

अपेनका अनुसार हस्तान्तरण गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। गत भदौ १० गते रसुवामा आएको बाढीबाट प्रभावित तथा पीडितको सहयोगका लागि अपेनले राहत रकम संकलन गरेको जनाएको छ।

प्राकृतिक विपत्तिबाट प्रभावित समुदायलाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानले सामाजिक उत्तरदायित्व, मानवीय भावना र ऐक्यबद्धता प्रतिबिम्बित गरेको अपेनले जनाएको छ।

अपेनले राहत अभियानमा सहयोग गर्ने सम्पूर्ण पूर्वप्राथमिक विद्यालय, शिक्षक–शिक्षिका तथा सहयोगीप्रति आभार व्यक्त गरेको छ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ३ : ०३ बजे

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई