म प्रधानमन्त्री हुँदा असहयोग गर्न कर्मचारीलाई निर्देशन दिइयो : ओली (भिडियो) « Khabarhub

म प्रधानमन्त्री हुँदा असहयोग गर्न कर्मचारीलाई निर्देशन दिइयो : ओली (भिडियो)


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले अध्यक्ष केपी ओलीले निजामती कर्मचारीले कुनै पनि सरकारलाई असहयोग गर्न नहुने बताएका छन् ।

नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई शिनबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले जुन पार्टीको सरकार आए पनि सहयोग गर्न अपिल गरे । तर, आफू प्रधानमन्त्री हुँदा प्रमुख प्रतिपक्षी दलका नेताले सरकारलाई असहयोग गर्न आह्वान गरेको भन्दै उनले गुनासो गरे ।

‘म प्रधानमन्त्री छँदै, नेपालका दोस्रो पार्टीले कर्मचारीहरू भेला गरे। तर त्यहाँ एकपछि अर्को नेताको निर्देशन के रह्यो भने सरकारलाई असहयोग गर भन्दै निर्देशन दिइयो। म छक्क परें, एउटा देशको नेताले सरकारलाई असहयोग गर भनेर कसरी कर्मचारीलाई निर्देशन दिन्छ ? मलाई अचम्म लाग्यो । मलाई आश्चर्य लाग्यो। तपाईंहरू त्यसो नगर्नुहोस्, जसको सरकार आए पनि नियम कानुनको परिधिभित्र रहेर काम गर्नु,’ ओलीले भने ।

उनले आफू पनि भ्रष्टाचार नगर्न र अरुलाई पनि भ्रष्टाचार गर्न नदिनसमेत दाबी गरे । आफूले दोस्रोपटक प्रधानमन्त्रीको शपथ लिएकै दिन आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने निर्णयले भ्रष्टाचारीको मतमा ढ्यांग्रो ठोकेको बताए ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ४ : ३५ बजे

प्रकाशमान सिंहको आरोप : संस्थापनले भाषणमा पार्टी मिलाउने, वार्तामा महिनौँ बेपत्ता

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विवादका विषयमा न्यायपालिकाको

बाढीको जोखिम कायमै : हिमतालमा बनेको ७ मिटर अग्लो प्राकृतिक बाँध जुनसुकै बेला फुट्ने चीनको चेतावनी

काठमाडौं– रसुवामा बाढीको जोखिम अझै कायमै रहेको बाढी पूर्वानुमान महाशाखाले

रसुवाको बाढीपछि नारायणी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन मुख्यमन्त्री आचार्यको अपिल

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भोटेकोशी र त्रिशूली नदी

डब्लुएचओले बाढीपीडितलाई औषधि पठाउँदै

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आज बिहान

टिमुरे भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

काठमाडौं– रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क