छोटो समय भए पनि राम्रो काम गरेर देखाउने छौँ : मुख्यमन्त्री शाक्य « Khabarhub

छोटो समय भए पनि राम्रो काम गरेर देखाउने छौँ : मुख्यमन्त्री शाक्य


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– बागमती प्रदेशकी मुख्यमन्त्री अस्टलक्ष्मी शाक्यले छोटो समयमा राम्रो काम गरेर देखाउने ढंगले आफ्नो नेतृत्वको सरकार लागिपरेको बताएकी छन् ।

शनिबार एमाले सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको बधाई कार्यक्रममा मुख्यमन्त्री शाक्यले पार्टी फुटेका कारण आफ्नो नेतृत्वको सरकार अल्पमतमा परेकाले छोटो समय भए पनि राम्रो काम गरेर देखाउने बताएकी हुन् ।

‘हामीले विश्वासको मत लिनुपर्ने छ, हामी धेरै समय नरहन पनि सक्छौं, तर अहिले हामीले आफ्नो व्यक्तिगतभन्दा पनि आम जनताका कामलाई पहिलो प्राथमिकतारामा राखेर काम गरिरहेका छौं,’ उनले भनिन् ।

प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेकोे उनको भनाइ छ । ‘हामीले स्वास्थ्यलाई विषेश प्राथमिकतामा राखेर काम सुरु गरेका छौ । हामी काम नगर्न गन्ती गरेर बस्दैनौँ । छोटो समय भए पनि राम्रो काम गरेर देखाउँछौ,’ मुख्यमन्त्री शाक्यले भनिन् ।

पार्टी फुटाएर शक्ति प्राप्त नहुने भन्दै उनले एमाले एकढिक्का हुनुपर्नेमा जोड दिइन् । ‘पाटी फुटले शक्ति पैदा हुँदैन । पार्टी एकजुट भयो भने बलियो हुन्छ । त्यसकारण पार्टीलाई बलियो बनाउनतिर लागौँ । फुटाउने काम नगरौँ । चित नबुझेको कुरा आमनेसामने राखेर छलफल गरौँ । पार्टीमा व्यक्ति ठूलो हुँदैन, पार्टीमा विचार, विधिसम्मत र सामूहिक नेतृत्व ठूलो हुन्छ,’ उनले भनिन् । न्यूज कारखाना

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ७ : १० बजे

महोत्तरीमा जग्गाप्राप्तिसम्बन्धी २८ हजार बढी आवेदन

महोत्तरी– भूमिहीन र अव्यवस्थित बसोवासीसमेत २८ हजार व्यक्तिले लालपुर्जा प्राप्तिका

रसुवा बाढी प्रभावितको बीमा दाबी सहज बनाउन संक्षिप्त कार्यविधि लागू

काठमाडौं– नेपाल बीमा प्राधिकरणले बाढी प्रभावित बीमितहरूको बीमा दाबी सहज

नेप्से परिसूचक नौ अङ्कले घट्यो

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक

निसीखोला बाढीको कटानबाट क्षतिग्रस्त कानाबगर बजार (तस्बिरहरू)

काठमाडौं– गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर

बाढीले बगाएको गैँडा कसरा ल्याइने

चितवन– शनिबार र आइतबार गएको बाढीले बगाएर सुस्ता पुगेको गैँडा