छोटो समय भए पनि राम्रो काम गरेर देखाउने छौँ : मुख्यमन्त्री शाक्य « Khabarhub

छोटो समय भए पनि राम्रो काम गरेर देखाउने छौँ : मुख्यमन्त्री शाक्य


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– बागमती प्रदेशकी मुख्यमन्त्री अस्टलक्ष्मी शाक्यले छोटो समयमा राम्रो काम गरेर देखाउने ढंगले आफ्नो नेतृत्वको सरकार लागिपरेको बताएकी छन् ।

शनिबार एमाले सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको बधाई कार्यक्रममा मुख्यमन्त्री शाक्यले पार्टी फुटेका कारण आफ्नो नेतृत्वको सरकार अल्पमतमा परेकाले छोटो समय भए पनि राम्रो काम गरेर देखाउने बताएकी हुन् ।

‘हामीले विश्वासको मत लिनुपर्ने छ, हामी धेरै समय नरहन पनि सक्छौं, तर अहिले हामीले आफ्नो व्यक्तिगतभन्दा पनि आम जनताका कामलाई पहिलो प्राथमिकतारामा राखेर काम गरिरहेका छौं,’ उनले भनिन् ।

प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेकोे उनको भनाइ छ । ‘हामीले स्वास्थ्यलाई विषेश प्राथमिकतामा राखेर काम सुरु गरेका छौ । हामी काम नगर्न गन्ती गरेर बस्दैनौँ । छोटो समय भए पनि राम्रो काम गरेर देखाउँछौ,’ मुख्यमन्त्री शाक्यले भनिन् ।

पार्टी फुटाएर शक्ति प्राप्त नहुने भन्दै उनले एमाले एकढिक्का हुनुपर्नेमा जोड दिइन् । ‘पाटी फुटले शक्ति पैदा हुँदैन । पार्टी एकजुट भयो भने बलियो हुन्छ । त्यसकारण पार्टीलाई बलियो बनाउनतिर लागौँ । फुटाउने काम नगरौँ । चित नबुझेको कुरा आमनेसामने राखेर छलफल गरौँ । पार्टीमा व्यक्ति ठूलो हुँदैन, पार्टीमा विचार, विधिसम्मत र सामूहिक नेतृत्व ठूलो हुन्छ,’ उनले भनिन् । न्यूज कारखाना

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ७ : १० बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने