पशुपति क्षेत्रको वाग्मती किनारमा विशेष सफाइ « Khabarhub

पशुपति क्षेत्रको वाग्मती किनारमा विशेष सफाइ


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पशुपति क्षेत्रथित भष्मेश्वर घाटमुनिको वाग्मती नदी किनार र त्यस वरपरको क्षेत्रमा विशेष सफाइ गरिएको छ ।

वाग्मती सफाइ महाअभियानको ४३६औँ हप्तामा भष्मेश्वर घाट क्षेत्रमा ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ नाराका साथ सफाइ गरिएको हो । सफाइमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापा, कार्यकारी निर्देशक डा घनश्याम खतिवडा, नायक शिव श्रेष्ठ, गुर्जो अभियानकर्मी कमलबहादुर राजलवट, काठमाडौँ महानगरपालिका–९ का सदस्य टेकराज अधिकारीलगायत सफाइ अभियानकर्मी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारीको सक्रियतामा यस क्षेत्रमा सफाइ गरिएको हो ।

भष्मेश्वरघाटबाट हंसमण्डपसम्मको क्षेत्रमा पनि आज विशेष सफाइ गरिएको अधिकारसम्पन्न वाग्मती समितिका सञ्चालक सदस्य डा माला खरेलले राससलाई जानकारी दिइन् । पशुपति क्षेत्रको धेरै स्थानमा फोहर भएकाले कोषले निरन्तर रुपमा सफाइ गर्ने जानकारी गराएको छ ।

भदौ २५ गते पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गरिएपछि दर्शनार्थीको भीडसमेत बढ्न थालेकाले यस क्षेत्रको विशेष सफाइ गरिएको हो । नयाँ भेरियन्टसहितको कोरोना जोखिमका कारण साढे चार महिनासम्म पशुपतिनाथ मूल मन्दिर बन्द गरिँदा पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइसमेत हुन नसकेकाले विशेष सफाइ अभियान सुरु गरिएको हो ।

स्वच्छ पशुपति अभियान सुरु

कोषका कार्यकारी निर्देशक खतिवडा पशुपति खुलेसँगै स्वच्छ पशुपति अभियानको सुरु गरी शनिबार सफाइ थालिएको बताउँछन् । वाग्मती सफाइ महाअभियान नजोडिए पनि कोषले यो अभियानलाई हप्तामा शनिबार बिहान एक घण्टा निरन्तरता दिने बताए । यो अभियानअन्तर्गत पशुपति क्षेत्रका मठमन्दिर, घाटलगायत क्षेत्रको विशेष सफाइ गरिने जनाइएको छ ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको ४०५औँ हप्तामा गोठाटार पुल क्षेत्रमा सफाइ गरिएको छ । कुहिने फोहर जमिनमुनि गाडेर व्यवस्थापन गरिएको छ । नकुहिने फोहर प्लाष्टिक बोत्तलमा हालेर इँटा बनाउन उपयोग गरिने वाग्मती सुन्दरता सरोकार मञ्चको अध्यक्षसमेत रहनुभएका अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिए । यस क्षेत्रको सफाइबाट फोहर ‘डम्पिङ साइड’ नपठाउने योजनाका साथ सफाइ भइरहेको छ ।

मनोहरा सरसफाइ तथा सम्पदा बचाउ नागरिक अभियानको २३४औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ स्थित कोटेश्वर क्षेत्रमा सफाइ गरिएको छ । सफाइमा प्रहरीसहित अभियानकर्मीको सक्रियता रहेको संयोजक चन्द्र दङ्गालले जानकारी दिए ।

यसैगरी काठमाडौँ उपत्यकाका विष्णुमतीको माथिल्लो र तल्लो भाग, रुद्रमती, चक्रपथको उत्तर र पश्चिमी खण्डलगायत स्थानमा पनि सफाइ गरिएको छ । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान सुरु भएपछि यसका सहायक नदी पनि सफाइ गर्न थालिएको हो ।

वाग्मती सफाइ महाअभियानको प्रेरणाबाट हाल उपत्यकाका २५ स्थानमा सफाइ भइरहेको छ । महाअभियान सुरु भएदेखि प्रत्येक हप्ताको आज प्रतिकूल परिस्थितिका बाबजुद पनि सफाइ हुने गरेको छ ।

महाअभियानको प्रभावले काठमाडौँ उपत्यकाबाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदा क्षेत्रमा पनि सफाइ भइरहेको छ । उपत्यकाबाहिर १०८ भन्दा बढी स्थानमा सफाइ सुरु भइसकेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ९ : ०० बजे

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना