दुई दिनपछि मन्त्रिपरिषद् विस्तार हुन्छ : प्रचण्ड (भिडियो) « Khabarhub

दुई दिनपछि मन्त्रिपरिषद् विस्तार हुन्छ : प्रचण्ड (भिडियो)


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४ असोजपछि मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

पार्टीका प्रशिक्षण कार्यक्रम पश्चात जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले सरकार विस्तारमा कुनै समस्या नरहेकाले ४ असोजपछि विस्तार हुने बताए । ‘गठबन्धनमा कुनै मतभेद वा समस्या छैन,’ उनले भने, ‘अब सरकार विस्तार हुन्छ ।’

संविधानलाई सबैमा रहेका असन्तुष्टिलाई समाधान गर्न संविधान संशोधनको विषयलाई अगाडि बढाउने प्रचण्डको भनाइ थियो । ‘म प्रधानमन्त्री हुँदा दुई पटक संविधान संशोधनको प्रस्ताव लगेको थिएँ,’ प्रचण्डले भने, ‘तर केपी ओलि कमरेडको कारण संशोधन हुन सकेन । अब त्यस विषयलाई राष्ट्रव्यापी रूपमा अगाडि लिएर जान्छौ ।’

एमसीसीलाई संशोधन गरेर मात्र पास गर्न सकिने प्रचण्डले बताए । 

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ५ : २५ बजे

प्रकाशमान सिंहको आरोप : संस्थापनले भाषणमा पार्टी मिलाउने, वार्तामा महिनौँ बेपत्ता

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विवादका विषयमा न्यायपालिकाको

बाढीको जोखिम कायमै : हिमतालमा बनेको ७ मिटर अग्लो प्राकृतिक बाँध जुनसुकै बेला फुट्ने चीनको चेतावनी

काठमाडौं– रसुवामा बाढीको जोखिम अझै कायमै रहेको बाढी पूर्वानुमान महाशाखाले

रसुवाको बाढीपछि नारायणी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन मुख्यमन्त्री आचार्यको अपिल

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भोटेकोशी र त्रिशूली नदी

डब्लुएचओले बाढीपीडितलाई औषधि पठाउँदै

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आज बिहान

टिमुरे भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

काठमाडौं– रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क