जसपा संविधान दिवसको कार्यक्रममा सहभागी नहुने « Khabarhub

जसपा संविधान दिवसको कार्यक्रममा सहभागी नहुने


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– संविधान संशोधन हुनुपर्ने माग राख्दै आएको सत्ता गठबन्धनको एक महत्वपूर्ण दल जनता समाजवादी पार्टी (जसपा) ले संविधान दिवस नमनाउने भएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले शनिबार एक विज्ञप्ति जारी गर्दै संविधान विभेदकारी भएको भन्दै संविधान दिवस सम्बन्धी कुनै पनि कार्यक्रममा सहभागी नहुने बताएका छन् । आइतबार मनाइने संविधान दिवसमा भाग नलिने उनले बताएका छन् ।

‘संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायत्तता, समानुपातिक समावेशीकरणलगायतका प्रावधान पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा धेरै धाराहरुमा विभेदकारी प्रावधान राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवस २०७८ मा पनि भाग नलिने, विरोध गर्ने’ विज्ञप्तिमा भनिएको छ ।

मधेश केन्द्रित जसपाले संविधान संशोधन हुनुपर्ने माग उठाउँदै आएको छ । उसले संसदमा संविधान संशोधनका लागि विधेयक पनि दर्ता गराएको छ । २०७२ असोज ३ गते संविधान जारी हुँदा मधेश केन्द्रित दलहरुले भने विरोध जनाएर तराइमा विरोध प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ५ : ४० बजे

थप उद्धार सामग्रीसहित सुरक्षा टोली बाढी प्रभावित क्षेत्रमा प्रस्थान

काठमाडौं– सरकारले भोटेकोशी नदी रसुवाका बाढी प्रभावित क्षेत्रमा थप उद्धार

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौं– रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा

बाढी प्रभावित क्षेत्रमा ३ दिनका लागि एनसेलको डेटा र भ्वाइस निःशुल्क

काठमाडौं– एनसेलले बुधबार बिहान रसुवा जिल्लामा अचानक आएको भीषण बाढीबाट

हेलिकप्टर परिचालन थप सशक्त बनाई प्रभावितको तीव्र उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

हर्कको अपिल : विपद्‍मा सत्तापक्ष- प्रतिपक्ष नभनी ‘एक टिम, एक राष्ट्र’ बनेर जुटौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रभावित क्षेत्रका नागरिकको