कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मीलाई मिल्सबेरी स्कुलको सम्मान « Khabarhub

कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मीलाई मिल्सबेरी स्कुलको सम्मान


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमणले मुलुकलाई आक्रान्त पारिरहेको बेला संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा बिभिन्न स्वास्थ्य संस्थालाई मिल्सबेरी स्कुलले सम्मान गरेको छ । मिल्सबेरी महोत्सवको अवसर पारेर शनिबार स्कुलले सम्मान गरेको हो ।

बिभिन्न बहानामा आउने महामारीले जनधनका साथै समाजलाई नै नकारात्मक असर गरीरहेको बेला मिल्सबेरी स्कुलले आयोजना गरेको यो कार्यक्रम प्ररणादायी भएको नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले बताए ।

उनले आफ्नो परिवारभन्दा पनि जनता सर्र्वश्रेय हुन भन्ने भावनाले यस पटकको कोरोना संक्रमण उच्च भएको बेला स्वास्थ्यकर्मीहरुले उच्च हौसालका साथ काम गरेको कारण कोरोना संक्रमणका कारण लाखौंको ज्यान जोगन सफल भएको टिप्पणी गरे ।

कोरोना सक्रमितलाई जोगाउन योगदान पु¥याए वापत नेपाली सेनाले संचालन गरेको वीरेन्द्र अस्पताल, सशस्त्र प्रहरीले संचालन गरेको एपीएफ अस्पताल, टिचिङ अस्पताल, पाटन अस्पताललाई सम्मानित गरिएको थियो भने कोरोना संक्रमितलाई अस्पताल सम्म पु¥याउने एम्बुलेन्स चालकलाई समेत सम्मानित गरिएको थियो ।

स्कुल परिसरमा सामाजिक दुरी कायम गरी संचालन गरिएको कार्यक्रममा सम्मानितहरुलाई हौसला दिन माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, क्रिकेटर पारश खड्का लगायतका सम्मानित ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्कुलका अध्यक्ष शुसील दाहालले हामीले नगरे कस्ले गर्ने भन्ने पे्ररणाबाट प्रभावित भएर समाजकालागि उदाहरणीय काम गरेका स्वास्थ्यकर्मी तथा स्वास्थ संस्थालाई सम्मान गरेको जानकारी दिए ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ८ : ५० बजे

बालेनले भत्काएको सुकुम्वासी बस्तीमा पुगे हर्क

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ थापाथलीस्थित भत्काइएका सुकुम्वासी

होर्मुज क्षेत्रमा जहाज आवागमन सहज बनाउन ‘प्रोजेक्ट फ्रीडम’ सुरु हुने

एजेन्सी– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार जानकारी गराउँदै मध्यपूर्वको अत्यन्त

दीपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं- व्यवसायी दीपक भट्टलाई उपस्थित गराउन सर्वोच्च अदालतले सोमबार आदेश

फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प

एजेन्सी– फिलिपिन्सको मध्य भागमा पर्ने समर टापु सोमबार शक्तिशाली भूकम्पले

कार्यान्वयनयोग्य आयोजना प्रस्ताव गर्न आग्रह

कर्णाली– कर्णाली प्रदेश सरकारले कार्यान्वयनयोग्य  आयोजना तथा कार्यक्रम प्रस्ताव गरेर