फ्रान्सले अमेरिका र अष्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोलायो « Khabarhub

फ्रान्सले अमेरिका र अष्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोलायो


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस– फ्रान्सले अमेरिका र अष्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोालएको छ । अमेरिका, बेलायत र अष्ट्रेलियाबीच नयाँ रक्षा सम्झौता (ओकस) भएपछि क्रुद्ध भएको फ्रान्सले आफ्ना राजदूत फिर्ता बोलाएको हो ।

अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको नयाँ रक्षा सम्झौतापछि अष्ट्रेलियाले २०१६ मा फ्रान्ससँग भएको रक्षा व्यापार सम्झौता तोडेको छ ।

सो सम्झौता अनुसार फ्रान्सबाट अष्ट्रेलियाले १२ वटा पनडुब्बी किन्ने तय भएको थियो । तर, अब अष्ट्रेलियाले अमेरिका र बेलायतको सहयोगमा परमाणु ऊर्जाले सञ्चालन हुने पनडुब्बी पाउने भएपछि फ्रान्ससँगको रक्षा सम्झौता तोडेको छ ।

फ्रान्सले ओकस सम्झौताले ‘पिठ्युँमा छुरा हानेको’ भनेको छ । अष्ट्रेलियाले रक्षा सम्झौता तोडेपछि फ्रान्सलाई झट्का लागेको छ । परम्परागत रुपमा मित्र राष्ट्र रहेका अमेरिका र फ्रान्सबीच राजदूत फिर्तालाई असमान्य मानिएको छ । अमेरिकाले फ्रान्सले राजदूत फिर्ता बोलाएपछि उसलाई मनाउन प्रयास गरिने बताएको छ । उता अष्ट्रेलियाले पनि फ्रान्सले द्वीपक्षीय सम्बन्धलाई फ्रान्सले बुझ्ने विश्वास व्यक्त गरेको छ ।

फ्रान्सले भने अमेरिका, बेलायत र अष्ट्रेलियाबीचको नयाँ रक्षा सम्झौताले हिन्द– प्रशान्त क्षेत्रमा युरोपको महत्वबारे हितबारे ध्यान नदिइएको उल्लेख गरेको छ । हिन्द–प्रशान्त महासागमा चीनको बढ्दो प्रभावलाई कम गर्न अमेरिका, बेलायत र अष्ट्रेलियाबीच ओकस सम्झौता भएको हो ।

यो सम्झौतापछि चीनले असन्तुष्टि व्यक्त गरिसकेको छ भने बेलायत र अमेरिकाले यो सम्झौता कुनै देशविरुद्ध नभएको बताएका छन्। एजेन्सी

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १० : ०० बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क