टी-ट्वान्टी विश्वकपमा बंगलादेश पराजित « Khabarhub

टी-ट्वान्टी विश्वकपमा बंगलादेश पराजित


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टी-ट्वान्टी विश्वकप क्रिकेटमा बंगलादेशले खराब शुरूवात गरेको छ ।

बंगलादेश पहिलो खेलमै एसोसियट राष्ट्र स्कटल्याण्डसँग ६ रनले पराजित भएको छ ।

ओमानको अल अमारत स्टेडियममा स्कटल्याण्डले दिएको १ सय ४१ रनको लक्ष्यसहित ब्याटिङ गरेको बंगलादेश २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रनमा सीमित भयो ।

बंगलादेशका मुस्फिकर रहिमले ३८ रन जोड्दा शकिब अल हसनले २० रन बनाए ।

स्कटल्याण्डका ब्राड ह्विलले ३ तथा क्रिस ग्रिभ्सले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो ।

स्कटल्याण्डका क्रिस ग्रिभ्सले ४५ रन बनाए । यस्तै जर्ज मुन्सेले २९ रन जोड्दा मार्क वाटले २२ रन बनाए । माथ्यु क्रस ११ रनमा आउट भए ।

बंगलादेशका मेहदी हसनले ३ विकेट लिए । मुस्ताफिजुर रहमान र शकिब अल हसनले २/२ विकेट लिए ।

 

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ६ : ४५ बजे

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत

‘महामन्त्रीमा मेरो जित निश्चित छ’

काठमाडौं– आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

कांग्रेस महाधिवेशन : अमरसिंह पुनले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले