टोटेनहमको पुनरागमन जित « Khabarhub

टोटेनहमको पुनरागमन जित


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले पुनरागमन जित निकालेको छ ।

न्युकासलको मैदानमा एक गोलको अग्रता उल्टाएर टोटेनहमले न्युकासल युनाईटेडलाई ३-२ गोलले पराजित गरेको हो ।

खेलको दोस्रो मिनेटमा कलुम विल्सनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएकामा १७औँ मिनेटमा तान्गुय एन डोम्बोलेले गोल गर्दै टोटेनहमलाई १-१ को बराबरीमा ल्याए ।

त्यसको ४ मिनेटपछि २२औँ मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई २-१ को अवस्थामा पुर्‍याए । पहिलो हाफको इन्ज्युरी समयमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहम ३-१ मा अघि बढाए ।

८९औं मिनेटमा एरिक डायरले आत्मघाती गोल गरेपछि न्युकासल खेलमा फर्कने प्रयत्न गर्‍यो । तथापि निर्धारित समयमा थप गोल नभएपछि टोटेनहम ३-२ ले विजयी भयो ।

जितसँगै टोटेनहम ८ खेलमा १५ अंकसहित पाँचौं स्थानमा रहेको छ । न्युकासल ३ अंकसहित १९औँ स्थानमा छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ७ : ४० बजे

केन्द्रीय सदस्य हारेपछि एमाले नेता विष्टले दिए राजीनामा

तनहुँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले

उषाकिरणले भनिन्ः महाधिवेशनले ‘जे छ ठिकै छ’ भन्ने निर्णय दियो

काठमाडौं – नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित

अध्यक्षमा भारी मतसहित विजयी भएका ओली केन्द्रीय सदस्यमा पराजित

काठमाडौं – नेकपा एमालेको ११औँ महाधिवेशनको मतपरिणामले रोचक राजनीतिक चित्र

एमालेका यी दुई जोडी : पति केन्द्रीय पदाधिकारी, पत्नी बने केन्द्रीय कमिटी सदस्य

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा दुई जोडी श्रीमान् केन्द्रीय पदाधिकारी