बंगलादेशमा फेरी अर्को हिन्दू मन्दिर तोडफोड « Khabarhub

बंगलादेशमा फेरी अर्को हिन्दू मन्दिर तोडफोड

मुसलमानको ज्यादतीबिरुद्ध भोक हड्ताल घोषणा


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेशमा फेरि अर्को हिन्दू मन्दिरमा तोडफोड गरिएको छ । अल्पसंख्यक हिन्दू समुदायको आस्थामाथि एकपछि अर्को हमला भइरहेका बेला आईतबार अज्ञात मुस्लिम आक्रमणकारीहरुले हिन्दू मन्दिरमा तोडफोड गरेका हुन् ।

आक्रणकारीले राजधानी ढाकाबाट १५७ किलोमिटर टाढा रहेको हिन्दू मन्दिर तोडफोड गरेर त्यहाँ भएको नगद लुटेका हुन् ।

गत बुधबार दुर्गा पूजाका क्रममा मुसलमानहरुले हिन्दू मन्दिरमा आक्रमण गरेपछि हिंसा भड्किएको थियो । हिन्दू आस्थामाथि भएको हमलाको विरोधमा आइतबार प्रदर्शनमा उत्रिएका हिन्दूमाथि मुसलमानहरुले हमला गरेका थिए । दोहोर झडपमा एक प्रहरी अधिकारीसहित ४० जना घाइते भएका थिए ।

मुस्लिम समूहले बिभिन्न मन्दिर र हिन्दूहरुको स्वामित्व भएका पसलमा आक्रमण गरि लुटपाट मच्चाएपछि सरकारले थप प्रहरी र अर्धसैनिक बल परिचालन गरेको थियो ।

दुर्गा पुजा मनाउने क्रममा शनिबार दिनभर आक्रमणकारीले हिन्दू मन्दिर तोडफोड गर्नुका साथै हिन्दू धर्मालम्बीलाई कुटपिट गरेका थिए । आक्रमणकारीले काली मन्दिरका ६ ओटा मूर्ति तोडफोड गरेका थिए ।

यसैबीच, दुर्गा पूजाका क्रममा हिन्दूमाथि भएको हमलाको बिरोधमा बंगलादेश हिन्दू बौद्ध क्रिष्चियन एकता परिषद्ले २३ अक्टोबरदेखि अनसन र भोक हड्ताल घोषणा गरेको छ । ढाकाको शाहबाघ र चित्तगोङमा बिरोध कार्यक्रम गरिने परिषद्का महासचिब राना दासगुप्ताले पत्रकार सम्मेलनमा जानाकारी दिए ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १२ : ३८ बजे

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको