फाेर्ब्सकाे लोकप्रियताको सूचीमा अग्रस्थानमा रश्मिका « Khabarhub

फाेर्ब्सकाे लोकप्रियताको सूचीमा अग्रस्थानमा रश्मिका


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– दक्षिण भारतीय फिल्मकी सर्वाधिक लोकप्रिय अभिनेत्रीमा पर्ने रश्मिका मन्दानाले फाेर्ब्सको सूचीमा आफ्नो स्थान सुरक्षित गरेकी छन् । यो सूची अनुसार रश्मिका दक्षिण भारतकी लोकप्रिय अभिनेत्री बनेकी छन् ।

उनले दक्षिण भारतकी अर्की लोकप्रिय अभिनेत्री सामन्था रुथ प्रभुलाई पछाडि पारेकी छन् । फाेर्ब्सले इन्स्टाग्राममा दक्षिण भारतको सर्वाधिक प्रभावशाली ३० सेलिब्रेटीको सूची सार्वजनिक गरेको थियो ।

यो सूची तयार पार्नका लागि फाेर्ब्सले सेलिब्रेटीको इन्स्टाग्राम प्रोफाइलमा मिल्ने लाइक, कमेन्ट, इन्गेजमेन्ट रेट, औसत भिडियो भ्यूज र फलोअर्सको संख्यालाई आधार बनाएको थियो । कोरुज स्कोरले यी मापदण्डका आधारमा हरेक सेलिब्रेटीलाई १० बाट अंक दिएको थियो ।

जसमा रश्मिकाले ९ दशमलब ८८ अंक पाएकी थिइन । फिल्म ‘अर्जुन रेड्डी’ फेम अभिनेता विजय देवरकोण्डा ९ दशमलब ६७ अंकका साथ दोस्रो स्थानमा, ‘केजीएफ’ फेम अभिनेता यश ९ दशमलब ५४ अंकका साथ तेस्रो स्थानमा र ‘द फेमिली मेन २’ अभिनेत्री सामन्था रुथ प्रभु ९ दशमलब ४९ अंकका साथ चौथो स्थानमा र अभिनेता अल्लु अर्जुन ९ दशमलब ४६ अंकसहित पाँचौं स्थानमा छन् ।

फाेर्ब्सले यो सूची तेलुगु, तमिल, मलयालम र कन्नड फिल्को सेलिब्रेटीलाई मिलाएर तयार पारेको हो । यसमा ३० सेप्टेम्बरसम्म सामाजिक सञ्जालमा रहेको पोस्टलाई सहभागी गराइएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १ : ४० बजे

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको