फाेर्ब्सकाे लोकप्रियताको सूचीमा अग्रस्थानमा रश्मिका | Khabarhub Khabarhub

फाेर्ब्सकाे लोकप्रियताको सूचीमा अग्रस्थानमा रश्मिका


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– दक्षिण भारतीय फिल्मकी सर्वाधिक लोकप्रिय अभिनेत्रीमा पर्ने रश्मिका मन्दानाले फाेर्ब्सको सूचीमा आफ्नो स्थान सुरक्षित गरेकी छन् । यो सूची अनुसार रश्मिका दक्षिण भारतकी लोकप्रिय अभिनेत्री बनेकी छन् ।

उनले दक्षिण भारतकी अर्की लोकप्रिय अभिनेत्री सामन्था रुथ प्रभुलाई पछाडि पारेकी छन् । फाेर्ब्सले इन्स्टाग्राममा दक्षिण भारतको सर्वाधिक प्रभावशाली ३० सेलिब्रेटीको सूची सार्वजनिक गरेको थियो ।

यो सूची तयार पार्नका लागि फाेर्ब्सले सेलिब्रेटीको इन्स्टाग्राम प्रोफाइलमा मिल्ने लाइक, कमेन्ट, इन्गेजमेन्ट रेट, औसत भिडियो भ्यूज र फलोअर्सको संख्यालाई आधार बनाएको थियो । कोरुज स्कोरले यी मापदण्डका आधारमा हरेक सेलिब्रेटीलाई १० बाट अंक दिएको थियो ।

जसमा रश्मिकाले ९ दशमलब ८८ अंक पाएकी थिइन । फिल्म ‘अर्जुन रेड्डी’ फेम अभिनेता विजय देवरकोण्डा ९ दशमलब ६७ अंकका साथ दोस्रो स्थानमा, ‘केजीएफ’ फेम अभिनेता यश ९ दशमलब ५४ अंकका साथ तेस्रो स्थानमा र ‘द फेमिली मेन २’ अभिनेत्री सामन्था रुथ प्रभु ९ दशमलब ४९ अंकका साथ चौथो स्थानमा र अभिनेता अल्लु अर्जुन ९ दशमलब ४६ अंकसहित पाँचौं स्थानमा छन् ।

फाेर्ब्सले यो सूची तेलुगु, तमिल, मलयालम र कन्नड फिल्को सेलिब्रेटीलाई मिलाएर तयार पारेको हो । यसमा ३० सेप्टेम्बरसम्म सामाजिक सञ्जालमा रहेको पोस्टलाई सहभागी गराइएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १ : ४० बजे

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

लिमा– दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुवाहक बस

भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मिलनचोकमा मंगलबार दुर्घटना हुँंदा एकजनाको मृत्यु

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– अमेरिका पठाइदिने प्रलोभनमा एक करोड १८ लाख ५९ हजार