लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन अन्त्य | Khabarhub Khabarhub

लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन अन्त्य


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच एकदिन पनि पूरा अवधि बैठक नबसेरै लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन अन्त्य भएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको नवौं अधिवेशन अन्त्य गरेका हुन् । एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि २८ साउनमा माओवादी केन्द्रको नेतृत्वमा गठबन्धन सरकार बनेको थियो।

लगत्तै १ भदौमा प्रदेशसभाको अधिवेशन आह्वान भएको थियो । तर तीन महिनासम्म चलेको अधिवेशनमा प्रदेशसभाको बैठक एकदिन पनि पूरा अवधि बसेन ।

बैठक आह्वान भएकै दिन मुख्यमन्त्री केसीले एमालेको अवरोधका बीच विश्वासको मत लिएका थिए । प्रदेश सरकारले अघिल्लो सरकारले ल्याएको बजेटविरुद्ध प्रतिस्थापन विधेयक ल्याइ नीति कार्यक्रम समेत प्रस्तुत गरेको थियो भने एमालेको अवरोधकै बीच प्रतिष्थापन विधेयक र नीति कार्यक्रम पारित भएका थिए । त्यसपछि सरकारले नयाँ बजेट ल्याएर प्रदेशसभाबाट केही विधेयकसमेत पारित गराएको थियो ।

एमालेले पनि आफ्ना दुई सांसदमाथिको कारवाही सदर नभएसम्म सदन चल्न नदिने भन्दै बैठक अवरुद्ध गर्नुका साथै केही बैठक बहिस्कार गरेको थियो । आफूहरुको सहभागिताबिनै पारित भएका विधेयक र सरकारले गरेका निर्णय कानुनविपरित भएकाले मान्य नहुने एमाले प्रदेशसभाका सचेतक भूमिश्वर ढकालले बताए ।

लुम्बिनी प्रदेशसभामा सूर्य चुनाव चिन्ह लिएर जितेका नवलपरासीका अजय शाही र दाङकी विमला खत्री वली माओवादी केन्द्रमा लागेपछि एमालेले कारवाही गरेको थियो । कारवाही गरेका सांसदलाई सभामुखले वैधानिकता नदिएको भन्दै एमालेले निरन्तर सदन अवरुद्ध गरिरह्यो ।

सभामुख पूर्णबहादुर घर्तीले भने एमालेले गरेको कारवाहीमा कानुनी आधार नदेखिएको बताएका छन् । अहिले शाही मन्त्री र वली राज्यमन्त्री छन् । सभामुख सत्तारुढ दलको इशारामा चलेको भन्दै एमाले सभामुखसँग टाढिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ७ : ४५ बजे

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किनु सकारात्मक : झलनाथ खनाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बामपन्थी

‘पाकिस्तानमा जरदारीको राजीनामा र फिल्डमार्सल राष्ट्रपति बन्ने हल्ला निराधार’

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले राष्ट्रपति आसिफ अली जरदारीको राजीनामा

युवा पुस्तालाई उपप्रधानमन्त्री सिंहको आग्रह- लहैलहैमा नलागाैँ

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले युवा पुस्तालाई