कपिलवस्तु प्रहरीद्वारा ४ महिनामा ४८६ फरार अभियुक्त पक्राउ | Khabarhub Khabarhub

कपिलवस्तु प्रहरीद्वारा ४ महिनामा ४८६ फरार अभियुक्त पक्राउ


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले फरार अभियुक्त पक्राउ अभियानलाई तीव्रता दिएको छ । कर्तव्य ज्यान, लागूऔषध, लुटपाट, कुटपिट, चेक अनादर, सवारी ज्यान, जुवाजस्ता कसुरमा फरार अभियुक्त पक्राउ गर्न कपिलवस्तु प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले फ्युगिटी एरेस्ट प्रोग्राम (फ्याप) कार्यक्रम नै सञ्चालन गरेका छन् ।

साउन यताको चार महिनामा ४८६ जना फरार अभियुक्त पक्राउ परेका प्रहरी तथ्यांक छ । साउनमा २८९, भदौमा १२७, असोज ४८ र कात्तिकमा २२ जना पक्राउ परेका हुन् । गत आवको पहिलो चार महिनामा ८१ जना फरार अभियुक्त पक्राउ परेका थिए ।

फरार रहेका २० वर्षपछि पक्राउ पर्नेमा ३५ जना, १५ वर्षपछि पक्राउ पर्नेमा ३६ जना, १० वर्षपछि पक्राउ पर्नेमा १४० जना र पाँच वर्षपछि पक्राउ पर्नेमा १५८ जना छन् । त्यस्तै, पाँच वर्षभन्दा कम अवधिदेखि फरार रहेका ११७ पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जसमा हत्या गरी अदालतबाट २० जन्मकैद सजाय पाएर फरार रहेकासमेत छन् ।

‘अपराध गरेर समाजलाई दूषित पारेर विभिन्न आवरणमा त्यही समाजमा लुकेर बसिरहेको प्रहरीले टुलुटुलु हेरेर बस्दैन । अपराध गर्ने एक दिन अवश्य कानुनको दायरामा आउनै पर्छ भन्ने सन्देश दिन यो कार्यक्रमलाई तीब्रता दिएका हौं,’ जिल्ला प्रहरी प्रमुख एसपी कार्कीले भने ।

कपिलवस्तु प्रहरीले १ कात्तिकमा मायादेवी गाउँपालिका-४ चाकरचौडाबाट लागूऔषध ब्राउन सुगर ९२ ग्राम ४२ मिलि ग्राम बरामद गरेको थियाे । कारोवारी विजय खत्रीलाई पक्राउ गरेर मुद्दा चलाइएको छ ।

कपिलवस्तु प्रहरीले मुद्दा फर्स्यौटलाई पनि प्राथमिकता दिएको छ । असोजमा ४४ मा २१ र कात्तिकमा ६६ मा ३३ मुद्दा फर्स्यौट गरेको छ ।

चालु आवको चार महिनामा पाँच करोड ३१ लाख ४० हजार ७७२ रुपैयाँ राजश्व संकलन भएको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ । यो गत वर्षको चालु चार महिनामा संकलित राजश्वभन्दा अढाई करोड बढी हो ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ९ : ४९ बजे

केपी ओलीबारे भीम रावलको प्रतिक्रिया, ‘सुरसाझैँ सत्ता र पद खान तयार भएर बसेका छन्’

काठमाडौं- नेकपा (एमाले) सचिवालय बैठकले पार्टी संरचना तथा नेतृत्वसम्बन्धी केही

तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

काठमाडौं – स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बीमा गरेका व्यक्तिले ३७७

संघीय सञ्चित कोष दुई खर्ब घाटामा

काठमाडौं– आर्थिक वर्ष सकिँदा संघीय सञ्चिति कोष दुई खर्ब घाटामा

कृषकलाई प्रोत्साहनस्वरुप दूधमा अनुदान

वालिङ– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले दूधमा

समाज डेण्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोष घोषणा 

काठमाडौं – समाज डेण्टलले गरिब तथा विपन्न नागरिकका लागि १