अमेरिकी सहायकमन्त्रीद्वारा फाइजर खोप अभियानको अवलोकन « Khabarhub

अमेरिकी सहायकमन्त्रीद्वारा फाइजर खोप अभियानको अवलोकन

(फोटो फिचर)


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल भ्रमणमा आएका दक्षिण एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लु ले फाइजर बायोएनटेक खोप अभियान २०७८ को अवलोकन गरेका छन् ।

बिहीबार काठमाडौंको शिक्षण अस्पताल पुगेर उहाले १२ वर्ष माथिका दीर्घ रोगीहरुलाई उपलव्ध गराइएको फाइजर खोप अभियानको अवलोकन गरेका हुन् । सो क्रममा स्वास्थ्यमन्त्री बिरोध खतिवडाले नेपालमा भइरहेको खोप अभियानको बारेमा जानकारी गराएका थिए।

कोभ्याक्स सुविधा मार्फत सहयोग स्वरुप प्राप्त भएको फाइजर बायोएनटेक खोप १ लाख ६ सय ३० मात्रा प्राप्त गरेको थियो । अवलोकनका क्रममा अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लु ले नेपालमा भएको खोप अभियानको प्रसंसा गरेका छन् । कोरोनाबाट विश्वलाई नै सुरक्षित गर्न खोपको बिकल्प नभएको उनले बताए । बालबालिकाका लािग पनि खोप लगाउन नेपाललाई सहयोग गर्ने उनको भनाई छ ।

त्यस्तै स्वास्थ्य मन्त्री खतिवडाले आगामी दिनमा पनि कोरोनाबिरुद्धको लडाइमा अमेरिकाको सहयोग निरन्तर हुने विश्वास व्यक्त गरे । अगामी एक महिना भित्रमा फाइजर खोपको थप ६० लाख डोज नेपाल आउने उनले बताए ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंसिर २७ गतेदेखि पुस ४ गतेसम्म दोस्रो डोज खोप दिइने छ । नेपालले हालसम्म कोभिडविरुद्ध कोभिसिल्ड, एस्ट्राजेनेका, भेरोसेल र जोन्सन खोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ११ : ४९ बजे

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

काठमाडौँ– प्रधान सेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि आज बेलायत

कांग्रेस महाधिवेशन : विश्वप्रकाशको प्रतिवेदनमा १५ प्रतिज्ञा र १५ संकल्प, थप के छ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सोमबार भएको बन्दसत्रमा

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री

४५ दिनको सेड्युल, ४० दिनमै सकियो ‘शुभ विवाह’को छायांकन

काठमाडौं– निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘शुभ विवाह’

इजरायलमा तीन वर्षमा १ हजार ३१८ सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ– इजरायलको रक्षा मन्त्रालयले सन् २०२३ अक्टोबर ७ देखि जारी