अमेरिकी सहायकमन्त्रीद्वारा फाइजर खोप अभियानको अवलोकन | Khabarhub Khabarhub

अमेरिकी सहायकमन्त्रीद्वारा फाइजर खोप अभियानको अवलोकन

(फोटो फिचर)


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल भ्रमणमा आएका दक्षिण एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लु ले फाइजर बायोएनटेक खोप अभियान २०७८ को अवलोकन गरेका छन् ।

बिहीबार काठमाडौंको शिक्षण अस्पताल पुगेर उहाले १२ वर्ष माथिका दीर्घ रोगीहरुलाई उपलव्ध गराइएको फाइजर खोप अभियानको अवलोकन गरेका हुन् । सो क्रममा स्वास्थ्यमन्त्री बिरोध खतिवडाले नेपालमा भइरहेको खोप अभियानको बारेमा जानकारी गराएका थिए।

कोभ्याक्स सुविधा मार्फत सहयोग स्वरुप प्राप्त भएको फाइजर बायोएनटेक खोप १ लाख ६ सय ३० मात्रा प्राप्त गरेको थियो । अवलोकनका क्रममा अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लु ले नेपालमा भएको खोप अभियानको प्रसंसा गरेका छन् । कोरोनाबाट विश्वलाई नै सुरक्षित गर्न खोपको बिकल्प नभएको उनले बताए । बालबालिकाका लािग पनि खोप लगाउन नेपाललाई सहयोग गर्ने उनको भनाई छ ।

त्यस्तै स्वास्थ्य मन्त्री खतिवडाले आगामी दिनमा पनि कोरोनाबिरुद्धको लडाइमा अमेरिकाको सहयोग निरन्तर हुने विश्वास व्यक्त गरे । अगामी एक महिना भित्रमा फाइजर खोपको थप ६० लाख डोज नेपाल आउने उनले बताए ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंसिर २७ गतेदेखि पुस ४ गतेसम्म दोस्रो डोज खोप दिइने छ । नेपालले हालसम्म कोभिडविरुद्ध कोभिसिल्ड, एस्ट्राजेनेका, भेरोसेल र जोन्सन खोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ११ : ४९ बजे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

शुक्लाफाँटामा दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्यामा वृद्धि

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्या निरन्तर

शिल्पा शेट्टी र राज कुन्द्राविरुद्ध ठगी मुद्दा दर्ता : ६० करोड ठगीको आरोप

मुम्बई – बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टी र उनका पति,

पदमार्गको अभावले ओझेलमा ‘जल्पाताल’

ढोरपाटन– चारैतिर अग्ला पहाड । बीचमा टक्क अडिएको निश्चल पानी

चार दशकपछि डिस्को डान्सरको सिक्वेल: रणवीर वा अल्लु अर्जुन मिथुनको भूमिकामा

मुम्बई – सन् १९८२ मा रिलिज भएको ‘डिस्को डान्स’ हिन्दी