नेपालको शैक्षिक अभिवृद्धिमा सहयोग गर्न शिक्षामन्त्रीको आह्वान « Khabarhub

नेपालको शैक्षिक अभिवृद्धिमा सहयोग गर्न शिक्षामन्त्रीको आह्वान


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालको शैक्षिक विकास र कोभिड–१९ को महामारीबीच शैक्षिक निरन्तरताका लागि सहयोग अभिवृद्धि गर्न युनेस्कोलगायत अन्तर्राष्ट्रिय संस्थालाई आग्रह गरेका छन् ।

फ्रान्सको पेरिसमा आयोजित युनेस्कोको ४१ औँ महासभामा भाग लिएर स्वदेश फर्किएका उनले आफूले ती संस्थाका प्रतिनिधिलाई सो आग्रह गरेको बताए । उनले स्वदेशमै रोजगारीका अवसर सिर्जनाका लागि सीपमूलक शिक्षा र शैक्षिक गुणस्तरमा जोड दिनुपर्ने भएकाले त्यसमा अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक रहेको बताएका छन् ।

मन्त्री पौडेलले त्यहाँ रहँदा नेपाली जनप्रगतिशील मञ्च, फ्रान्सले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले प्रगति गर्दै गएको बताए । मन्त्री पौडलका साथ शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, युनेस्को नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा बाबुराम अधिकारी प्रतिनिधिमण्डलमा थिए।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  १२ : ०८ बजे

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई ‘तुच्छ’ भन्न मिल्दैन : प्रवक्ता पोखरेल

काठमाडौं- खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई लिएर सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेट–रिपब्लिकनबीच कडा प्रतिस्पर्धा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक

जेन-जीका फौजदारी मुद्दा फिर्ता लिँदै सरकार, प्रतिवेदन गृह मन्त्रालय पठाइयो

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन

झलनाथ खनालले अघि सारेको १५ बुँदे विशेष प्रस्तावमा के छ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा सुरु भएको ‘समाजवादी जागरण

बबरमहलमा आकाशे पुल जडान, भर्‍याङ राखेपछि सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– माइतीघर–नयाँ बानेश्वर सडकखण्डअन्तर्गत बबरमहलमा पैदलयात्रीका लागि आकाशे पुल बनाइँदै