नेपालको शैक्षिक अभिवृद्धिमा सहयोग गर्न शिक्षामन्त्रीको आह्वान « Khabarhub

नेपालको शैक्षिक अभिवृद्धिमा सहयोग गर्न शिक्षामन्त्रीको आह्वान


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालको शैक्षिक विकास र कोभिड–१९ को महामारीबीच शैक्षिक निरन्तरताका लागि सहयोग अभिवृद्धि गर्न युनेस्कोलगायत अन्तर्राष्ट्रिय संस्थालाई आग्रह गरेका छन् ।

फ्रान्सको पेरिसमा आयोजित युनेस्कोको ४१ औँ महासभामा भाग लिएर स्वदेश फर्किएका उनले आफूले ती संस्थाका प्रतिनिधिलाई सो आग्रह गरेको बताए । उनले स्वदेशमै रोजगारीका अवसर सिर्जनाका लागि सीपमूलक शिक्षा र शैक्षिक गुणस्तरमा जोड दिनुपर्ने भएकाले त्यसमा अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक रहेको बताएका छन् ।

मन्त्री पौडेलले त्यहाँ रहँदा नेपाली जनप्रगतिशील मञ्च, फ्रान्सले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले प्रगति गर्दै गएको बताए । मन्त्री पौडलका साथ शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, युनेस्को नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा बाबुराम अधिकारी प्रतिनिधिमण्डलमा थिए।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  १२ : ०८ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी