मोटरसाइकल दुर्घटनामा घाइते डा.खरेलको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटनामा घाइते डा.खरेलको मृत्यु


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– मोटरसाइकल दुर्घटनामा घाइते भई उपचाररत कपिलवस्तुका डा. दीपक खरेलको मृत्यु भएको छ ।

बाणगंगा नगरपालिकामा रहेको कपिलवस्तु सामुदायिक अस्पतालका कार्यरत रहेका डा. खरेलको बुधवार बिहान उपचारका क्रममा निधन भएको हो ।

बाणगंगा नगरपालिका घर भएको खरेलको २१ कात्तिकमा बुद्धभूमि नगरपालिका-१ टिक्करमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

गोरुसिंगेबाट पत्थरकोट जाने क्रममा लु१६प ३५१६ नम्बरको मोटरसाइकलमा सवार खरेलको बिहान ४:४५ बजे दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु प्रहरी निरीक्षक दिलीप कार्कीले बताए । प्रहरीका अनुसार उनको टाउकोमा गम्भीर चोट लागेको थियो । मोटरसाइकल चालक विवेक पौडेलको हातमा भने सामान्य चोट मात्र लागेको थियो । खरेललाई उपचारका लागि बुटवल हुँदै ट्रमा सेन्टर पुराइएको थियो ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  २ : १२ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी