‘विद्यालयमा हेडमास्टरको सक्रियता छ कि छैन ? तथ्यांक ल्याउनुस्’ « Khabarhub

‘विद्यालयमा हेडमास्टरको सक्रियता छ कि छैन ? तथ्यांक ल्याउनुस्’


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सरकारी विद्यालयक ाप्रधानध्यापक (हेड मास्टर)को कार्यसम्पादनबारे तथ्यांक मागेका छन् ।

शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले बुधबार र बिहीबार आयोजना गरेको शिक्षा इकाइका प्रमुखहरुको कार्याशालमा मन्त्रीले देशभरका सरकारी विद्यालयका हेडमास्टरले गरेका कामको तथ्यांक मागेका हुन् ।

‘मन्त्रालय शिक्षा प्रणाली सुधार्न लागिपरिरहेको छ,’ उनले भने, ‘विद्यालयमा शैक्षिक क्षेत्र सुधार्ने जिम्मेवारी प्रध्यानध्यापकको हुन्छ, उहाँको सक्रियता कति छ तथ्यांक ल्याउनस् ।’

मन्त्री पौडेलले विद्यालयमा दबरन्दी मिलान एवम् कम्प्युटर, ल्यावको समस्या भएको भन्दै शिक्षा इकाइका प्रमुखहरुलाई त्यसको तथ्यांक लिएर मन्त्रालयमा पठाउन निर्देशन दिए ।

विद्यालयमा विषयगत शिक्षकले कस्तो पढाइरहेको छ भन्ने अभिलेख राख्नुपर्ने बताउँदै मन्त्रीले विद्यार्थी खुसी र रुचीअनुसारको शिक्षकले अध्यापन गराउनुपर्ने बताए ।

‘क्षेत्रअधिकार भित्रका कामहरु तत्काल थाल्नुहोस्’, मन्त्री पौडेलले भने, ‘ऐन नियम र कानूनको समस्या छ भने त्यसलाई समाधान गरौं, हात बाँधेर अल्छी भएर नबस्नुहोस् ।’

मन्त्री पौडेलले संघीय शिक्षा ऐनका विषयमा छलफल अघि बढेको बताउँदै, समिति, अथवा अध्यादेशमार्फत त्यो ऐन आउने बताए। उनले शिक्षकहरुको आन्तरिक बढुवाको प्रस्ताव मन्त्रिपरिषद्मा प्रस्ताव गरिएको भन्दै चाडै पास हुनेमा विश्वास व्यक्त गरे ।

‘शिक्षा सुधारका लागि विभिन्न प्रदेशका प्रमुखहरुसँग छलफल गरिरहेको छु,’ मन्त्री पौडेलले भने, ‘राष्ट्रसेवक कर्मचारीले २० औं वर्षसम्म पनि सम्झनलायक हुने गरी काम गर्नहोस् ।’

कार्यक्रममा शिक्षा सचिव रामप्रसाद थपलिया, शिक्षा तथा मानव स्रोत विकासकामहानिर्देशक चुडामणि पौडेललगायतले बोलेका थिए ।

 

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ११ : ०० बजे

पोर्चुगलको टोली घोषणा : छैटौं पटक विश्वकपको मैदानमा उत्रिँदै ४१ वर्षीय रोनाल्डो

लिस्बन- प्रशिक्षक रोबर्टो मार्टिनेजले आगामी महिना हुन लागेको विश्वकप फुटबलका

महोत्तरी कारागारका दुई सय ५० कैदीबन्दी अझै फरार

जलेश्वर–  ‘जेन-जी’ आन्दोलनको मौका छोपी २०८२ साल भदौ २४ गते

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिक : नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

काठमाडौं– नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री रूपान्तरणलाई

विभिन्न एघार स्थानमा आगलागी, विपद्जन्य घटनामा एकै दिन ७७ लाखको आर्थिक क्षति

काठमाडौं– पछिल्लो २४ घण्टामा विभिन्न ११ स्थानमा आगलागी हुँदा एक

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन

महेन्द्रनगर– खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुने भएपछि कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयको