एमाले महाधिवेशन : ६७ जिल्लाबाट १ हजार १८२ प्रतिनिधिको टुंगो, १० जिल्ला बाँकी « Khabarhub

एमाले महाधिवेशन : ६७ जिल्लाबाट १ हजार १८२ प्रतिनिधिको टुंगो, १० जिल्ला बाँकी


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एमाले महाधिवेशन : ६७ जिल्लाबाट १ हजार १८२ प्रतिनिधिको टुंगो, १० जिल्ला बाँकी काठमाडौँ– नेकपा एमालेको १० मंसिरमा उद्घाटन हुने नेकपा एमालेको १०औं महाधिवेशनका लागि बिहीवार साँझसम्म १ हजार १८२ प्रतिनिधि अभिलेखीकरण भएका छन् ।

झण्डै १९ सय प्रतिनिधि सहभागी हुने महाधिवेशनमा ६५ जिल्लाबाट चयन भएर आएका प्रतिनिधि केन्द्रीय कार्यालयमा अभिलेखीकरण भएका हुन् ।

एमाले संगठन विभागकाअनुसार १० जिल्लाबाट महाधिवेशन प्रतिनिधिको नामावली आउन बाँकी रहेकाले अभिलेखीकरण हुन नसकेको हो । अभिलेखीकरण हुनेमा खुल्लातर्फबाट ७४० आएका छन् भने महिला ३०४ पुगेका छन् । बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका सबै जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट भइसकेका छन् ।

प्रदेश १ को सुनसरी, पाँचथर र ताप्लेजुङ, प्रदेश २ को रौतहट, महोत्तरी, धनुषा, सिरहा, सप्तरी तथा सुदूरपश्चिमका कैलालीबाट प्रतिनिधि चयन हुन बाँकी रहेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  १० : ५० बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली