बारको आन्दोलनमा बल प्रयोग नगर्न मानवअधिकार आयोगको आग्रह « Khabarhub

बारको आन्दोलनमा बल प्रयोग नगर्न मानवअधिकार आयोगको आग्रह


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एशोसिएशनको आन्दोलनमा प्रहरी हस्तक्षेप नगर्न राष्ट्रिय मानवअधिकार आयोगले आग्रह गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै बार एशोसिएशनले शान्तिपूर्ण आन्दोलन गरिरहेको छ ।

बिहीबार सर्वोच्च अदालत परिसरमा प्रहरीले बारको आन्दोलनमा लाठी चार्ज गरेको थियो । प्रहरीको लाठी प्रहारबाट बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित अधिवक्ताहरु प्रकाश महर्जन, गोपाल सापकोटा, रमण कर्ण र कपिलचन्द्र पोखरेललगायत घाइते भएका थिए ।

बारको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेपछि आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गर्नु अन्तर्राष्ट्रिय कानुन विपरीतको कार्य भएको भन्दै छानबिन गरी दोषी देखिएकालाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

आयोगले बारको नेतृत्वमा भइरहेको आन्दोलनको आयोगले मानव अधिकारको दृष्टिकोणबाट निरन्तर अनुगमन गरिरहेको उल्लेख गरेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  १० : ५७ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष