अष्ट्रेलियाविरुद्ध इंग्ल्याण्डको खराब सुरुवात « Khabarhub

अष्ट्रेलियाविरुद्ध इंग्ल्याण्डको खराब सुरुवात


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अष्ट्रेलियाविरुद्धको एसेज सिरिज अन्तर्गत दोस्रो टेस्टको पहिलो पालीमा इंग्ल्याण्डले खराब सुरुवात गरेको छ ।

अष्ट्रेलियाले पहिलो पालीमा ९ विकेट गुमाएर ४७३ रन बनाउँदै पाली अन्त्यको घोषणा गरेपछि इंग्ल्याण्डले पहिलो पाली थालेको थियो । तर सुरुवातमै आफ्ना दुवै ओपनर गुमाएको इंग्ल्याण्डले दोस्रो दिनको खेल सकिदा २ विकेट गुमाएर १७ रन मात्रै बनाएको छ ।

रोरी बन्र्स ४ रन बनाएर आउट हुँदा हसिब हमिद ६ रनमै पेभेलिएन फर्किए । कप्तान जोय रुट र डेभिड मालन नटआउट छन् । अष्ट्रेलियाका मिचेल स्टार्क र मिचेल नेजरले एक एक विकेट लिएका छन् । टस जितेर पहिले ब्याटिङ थालेको अष्ट्रेलियाले मार्नस लाबुसचेङको शतक मद्धतमा ४७३ रन बनाएको थियो । उसका लागि लाबुसचेङले १०३ रन बनाउँदा कप्तान स्टिभ स्मिथले ९३ र ओपनर डेभिड वार्नरले ९४ रन बनाए ।

इंग्ल्याण्डका बेन स्टोक्सले ३ र जेम्स एण्डरसनले २ विकेट लिए । पाँच खेलको एसेज सिरिजमा अष्ट्रेलियाले १–० ले अग्रता लिएको छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ७ : ४५ बजे

विश्वमै अनुपम नेपाल-भारत सैन्य सम्बन्ध

नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो स्तम्भ यी

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका

भरतपुरको गेस्ट हाउस चौरमा ‘शहीद मैदान’ बनाइँदै

चितवन– चितवनको भरतपुर महानगरपालिका–१० स्थित गेस्ट हाउस चौरमा ‘शहीद मैदान’

पाँच वर्षे छोरालाई आमाको आशीर्वाद- ‘सरी’ भन्ने बानी कहिल्यै नत्याग्नू !

चिठ्ठी साहित्य प्रिय बाबु आयान्स,असीम माया !तिमी अहिले पाँच वर्षका

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई