एमाले सल्लाहकार परिषद् सदस्य बनाइएकोमा भीम रावलको आपत्ती | Khabarhub Khabarhub

एमाले सल्लाहकार परिषद् सदस्य बनाइएकोमा भीम रावलको आपत्ती


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको सल्लाहकार परिषद्को सदस्य बनाएकोमा निवर्तमान उपाध्यक्ष भीम रावलले आपत्ति जनाएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा रावलले टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुने भन्दै आपत्ती जनाएका छन् ।

उनले लेखेका छन्, ‘मलाई नेकपा (एमाले) को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो। यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।’

एमालेको दशौं महाधिवेशनमा उनले अध्यक्ष पदको लागि केपी शर्मा ओलीविरूद्ध उम्मेदवारी दिएका थिए । अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्था नै अनैतिक भएको रावलले बताउँदै आएका छन् ।

रावललाई तत्काललाई सल्लाहकारमा राखिएको र थप जिम्मेवारी अध्यक्षको सल्लाहमा हुने महासचिव शङ्कर पोखरेलले बताएका थिए ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  १ : ५५ बजे

परम्परागत बाटो मासिँदै जाँदा मानव–हात्ती द्वन्द्व बढ्दै (फोटोफिचर)

काठमाडौं– नेपाल र भारतबीच रहेको खुला सिमाना केवल दुई देशका

म्याग्दीको अन्नपूर्णमा टोल टोलमा स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले टोल टोलमा पुगेर सर्वसाधारणको स्वास्थ्य परीक्षण

क्रोएसिया फिफा विश्वकप–२०२६ मा छनोट

काठमाडौं– फिफा विश्वकप–२०२६ का लागि क्रोएसिया छनोट भएको छ ।

शीतलहर सुरु हुनु पहिले नै व्यवस्थापनको पूर्वतयारी

महोत्तरी– बर्सेनि जाडो यामको शीतलहरले हुँदै आएको जनधनको क्षति रोक्न

तनहुँको ऋषिङमा दुई मतदान केन्द्र थप गर्न सिफारिस

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि