दिल्लीका कक्षा ६ भन्दा माथीका विद्यालय खुल्ला | Khabarhub Khabarhub

दिल्लीका कक्षा ६ भन्दा माथीका विद्यालय खुल्ला


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको दिल्ली प्रदेशका विद्यालयहरुमा शनिबारदेखि कक्षा ६ र त्यसभन्दा माथीका कक्षामा भौतिक उपस्थितिमै अध्ययन अध्यापनको सुरु भएको छ ।

वायु प्रदुषणका कारण झण्डै एक महिनादेखि बन्द भएका विद्यालयहरुमा अहिले भौतिक उपस्थितिमै पढाइ सुरु भएको हो ।

वायु गुणस्तर व्यवस्थापन आयोगले केन्द्रीय राजधानी क्षेत्र र त्यस वरपरको क्षेत्रमा अहिले प्रदुषणको मात्रा कम भएकाले अध्ययन अध्यापन कार्य सुरु गर्न शुक्रबार सिफारिस गरेको थियो ।

भौतिक उपस्थितिसहित अध्ययन अध्यापन कार्य सुरु भएपनि अनलाइनबाट हुने अध्ययन अध्यापन कार्यलाई समेत निरन्तरता दिइने अधिकारीहरुले जनाएका छन् ।

विद्यालयका लागि घर बाहिर निस्कनु पर्दा प्रदुषणले बालबालिकालाई धेरै असर गर्ने भएकाले चिकित्सक र विज्ञहरुको सल्लाह र सुझावका आधारमा विद्यालय बन्द गरिएको थियो ।

विद्यालयहरु बन्द गर्दा विद्यालयका यातायातका साधनहरु पनि बन्द हुने भएकाले प्रदुषण न्युनीकरण गर्न समेत सहयोग पुग्ने उनीहरुको भनाइ थियो ।

विश्वमै धेरै प्रदुषण भएको शहरको सूचीमा पर्ने नयाँ दिल्लीमा प्रदुषण बढ्दै गएकोप्रति चिन्ता व्यक्त भइरहेको छ । तर ठोस सुधार हुन भने सकेको छैन । नयाँ दिल्लीमा पछिल्लो प्रदुषण गत तिहारदेखि सुरु भएको हो । तिहारमा धेरै पटका पट्काएपछि शुरु भएको प्रदुषणको असर अहिलेसम्म परेको हो ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  २ : १५ बजे

इरानको क्रान्ति र निरङ्कुश शासन : नेपालले सिक्नुपर्ने पाठ

इरान सधैँ विश्व राजनीतिको केन्द्रविन्दुमा रहँदै आएको छ । शिया

फिल्म ‘मैसा’मा रश्मिकाको भिन्न लुक्स

काठमाडौं – दक्षिण भारतीय नायिका रश्मिका मन्दन्नाको अभिनय रहेने ‘मैसा’ले

मदन भण्डारी ७४औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं– तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ७४औँ जन्मजयन्ती शनिबार

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प

ताप्लेजुङ- ताप्लेजुङको एकमात्र हवाई सेवा सञ्चालन हुँदै आएको सुकेटार विमानस्थलमा

गायिकाद्वय समीक्षा र एलिनाको अभियानमा प्रधानमन्त्री ओलीको साथ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा हुने गालीगलौज र