ओलीलाई चुनौती दिँदै प्रचण्डले भने : युद्धको कमाण्डर हुँ, कठोर बने भित्तामा पुर्‍याउँछु « Khabarhub

ओलीलाई चुनौती दिँदै प्रचण्डले भने : युद्धको कमाण्डर हुँ, कठोर बने भित्तामा पुर्‍याउँछु


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू यद्धको कमाण्डर भएको भन्दै कठोर हुनुपर्ने समय आए प्रतिगमनकारीलाई भित्तामा पुर्‍याइदिने चेतावनी दिएका छन्।

प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।

उनले भने, ‘म अलि भावुक खालको छु फकायो भने फकिहाल्छु। अब केपी ओली तपाइँ सकिनुभयो। म युद्धको पनि कमान्डर थिएँ। म कडा भए फेरि भित्तामै पुर्‍याउँछु।’

प्रचण्डले ओली खोक्रो राष्ट्रवादी भएको दाबी गर्दै जुन दिनबाट संसद विघटन भयो त्यो बेलादेखि ओलीको हातमा केही नभएको तर्क गरे ।

‘केपी ओलीको खोक्रो राष्ट्रवादी हो। जुनदिन ओलीले संसद विघटन गरे त्यदिनदेखि केपी ओलीको हातमा केही छैन।’

उनले प्राप्त उपलब्धि गुम्ने खतरा भएको र त्यसको सबैभन्दा बढी पीडाबोध आफूले गरेको बताए ।

उनले प्रधानमन्त्री ओलीलाई ऐना हेर्न पनि सुझाव दिए। भने, ‘तपाईंले आफ्नो अनुहार ऐनामा किन हेनुहुन्न?’

ओलीले वैशाखमा पनि अध्यादेश ल्याएर पार्टी फुटाउन खोजेका र असारमा पनि एमाले दर्ता गराएर नेकपा फुटाउन खोजेका आरोप लगाए ।

उनले थपे, ‘उहाँले मलाई पूर्व एमालेभित्र खेल्यो भन्नुहुन्छ। सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा पूर्वएमालेकै बहुमत छ। तर, त्यस्तो हुँदा किन तपाई अल्पमतमा पर्नुभयो? तपाई मलाई आरोप लगाइराख्नुभएको छ। आफ्नो अनुहार ऐनामा किन हेर्नुहुन्न?’

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ६ : ११ बजे

दक्षिण एसियाली ब्याडमिन्टनमा नेपाली खेलाडी प्रिन्सलाई दोहोरो स्वर्ण

काठमाडौं – पाकिस्तानमा सम्पन्न ‘ब्याडमिन्टन एसिया-साउथ एसिया रिजनल च्याम्पियनसिप २०२६’को

निजी विद्यालयले गैरकानुनी शुल्क फिर्ता नगरे कारबाही हुने

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रचलित कानुन तथा

सरकारले यसअघि जेन-जी युवासँग गरेको १० बुँदे सम्झौता पालना गर्नपर्छ : सांसद खरेल

काठमाडौं– रास्वपा सांसद जगदीश खरेलले जेन-जी युवाहरूसँग यसअघिको सरकारले गरेको

पहिलो सहकार्यको फिल्म रिलिज नभइ अर्कोमा पुष्प-पूजाको जोडी पक्का

काठमाडौं – एक्सन जनारामा बन्न लागेको फिल्म ‘एक्का तीन’मा नायक

विश्वभर तनाव बढिरहँदा चीनमा भएको एउटा दुर्लभ भ्रमण

बेइजिङ- ताइवानकी मुख्य विपक्षी दल कुमिन्ताङ (केएमटी) का अध्यक्ष चेङ