पाँच पत्रकारलाई ललितकला पुरस्कार « Khabarhub

पाँच पत्रकारलाई ललितकला पुरस्कार


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर–नेपाल ललितकला पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पत्रकारहरुलाई पुरस्कृत गरिएको छ । कार्यक्रममा ‘नारायणबहादुर सिंह स्मृति ललितकला पत्रकारिता पुरस्कार–२०७६’बाट दीपक श्रेष्ठ (विहीन) र २०७७ बाट सिर्जु बज्राचार्य पुरस्कृत भएका छन् ।

कला पत्रकारिता र कला इतिहासका अग्रणी व्यक्तित्व नारायणबहादुर सिंहको स्मृतिमा नेपाल ललितकला पत्रकार समाजले यो पुरस्कार स्थापना गरेको हो ।

यसैगरी, ‘सोफाज–लक्ष्मीमाया कुमाले स्मृति ललितकला पत्रकारिता पुरस्कार–२०७६’ बाट पत्रकार हेमन्त गौतम पुरस्कृत भएका छन् । त्यस्तै, २०७७ सालको सोही पुरस्कारबाट दीपक परियार पुरस्कृत भएका छन् ।

क्रोधकला शिरोमणि कालु कुमालेले स्वर्गीय पत्नी लक्ष्मीमाया कुमालेको स्मृतिमा सोफाज–लक्ष्मीमाया कुमाले स्मृति ललितकला पत्रकारिता पुरस्कार स्थापना गरेका हुन् ।

यसैगरी, ‘सोफाज ललितकला पत्रकारिता पुरस्कार’बाट राधा पौडेल (अजवी) पुरस्कृत भएकी छन् । सबै पुरस्कारको राशि ११ हजार १ सय ११ रुैपयाँको रहेको छ ।

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, क्रोधकला शिरोमणी कालु कुमाले र सोफाजका अध्यक्ष केशवराज खनालले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका हुन् ।

कार्यक्रममा कुलपति कर्माचार्यले पुरस्कृतहरुलाई बधाई दिनुहुँदै ललितकलाको विकास र विस्तारमा मिडियाको भूमिका महत्वपूर्ण हुने बताए ।

नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशव खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राज्ञ रमेश खनालले पुरस्कृतहरुलाई शुभकामना दिए ।

यसैबीच, बिहिबार सम्पन्न सोफाजको साधारणसभाले केशवराज खनाललाई तीन वर्षका लागि पुनः अध्यक्षमा निर्वाचित गरेको छ । यस्तै, उपाध्यक्ष मधु शाही, महासचिव देवेन्द्र थुम्केली, सचिव संगीता श्रेष्ठ र कोषाध्यक्षमा सुनिता लोहनी चयन भएका छन् ।

यसैगरी, सदस्यहरूमा दिवेशमान सिंह प्रधान, सुनिता साखकर्मी, सीताराम बडाल, रामनाथ घिमिरे र प्रकृति दाहाल छन् । एक सदस्य पछि थप गरिने समेत जनाइएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  १२ : ३० बजे

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा

खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

वाशिङ्टन- इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठूलो क्षति भएपछि पेन्टागनले

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल अन्त्यतिर

काठमाडौँ- विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल