विभिन्न दुर्घटनामा ९ जनाको मृत्यु « Khabarhub

विभिन्न दुर्घटनामा ९ जनाको मृत्यु


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रौतहट, रुपन्देही, धनुषा, सुनसरी, कञ्चनपुर, सप्तरी र मकवानपुरका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका-१० गौर चपुर सडकमा ना.७ त १३२५ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार चन्द्रपुर नगरपालिका-९ चेतनगर विर्ता बस्ने ६२ वर्षीया कलावती चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको चपुरस्थित चन्द्रपुर प्रालि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ७ जना मध्ये ६ जना उपचार पश्चात डिश्चार्ज भएका छन् भने १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका-१५ मधवलियास्थित सडकमा ना.३ ख ८१५२ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने २५ वर्षीय कृष्ण गैरेको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते उनको मणिग्राम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्र् णमा लिएको छ ।

यसैगरी रुपन्देही, देवदह नगरपालिका-१० चरङ्गे जंगलस्थित सडकमा लु.४३ प ६८१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक देवदह नगरपालिका-८ बस्ने २७ वर्षीय राम बहादुर थापा र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय प्रकाश न्यौपाने रहेका छन् ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका-८ पोर्ताहास्थित सडकमा प्रदेश २-०३-००१ ख ४६४ नम्बरको मिनीट्रक र लु.५१ प ४१५५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक गणेशमान चारनाथ नगरपालिका-८ बस्ने २५ वर्षीय भगवान बाबु यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सुनसरीको ईटहरी उपमहानगरपालिका-१६ लबिपुरस्थित सडकमा ना.४ ख ९९११ नम्बरको तेलको ट्याङ्करको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपलिका-१६ बस्ने ६५ वर्षीया सोम्नी चौधरीको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याङ्कर चालकलाई प्रहरीले नियनत्रणमा लिएको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका-१ ढक्कास्थित सडकमा ना.४४ प ९७०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किएर बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक बेलैरी नगरपालिका-८ कलकत्ता बिसपुरी बस्ने २३ वर्षीय गोबिन्द चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २३ वर्षीय हिक्मत चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सप्तरीको बोदेबर्साइन नगरपालिका-७ हैटीस्थित सडकमा स.११ प ४६४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हँदा मोटरसाइकल चालक सप्तरी खडक नगरपालिका-९ लालपट्टी बस्ने २८ वर्षीय मो.लियाकतको बिहीबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जीवन दिप अस्पताल बोदेबरसाईनमा उपचारको क्रममा मृत्यु भएको हो ।

मकवानपुरको मनहरी गाउँपालिका-८ स्थित सडकमा ना.६ ख ३४२७ नम्बरको ट्रकले बा.४२ प २५०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिमपानी बस्ने ३० वर्षीय जनक ढकालको बिहीबार राति घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  १ : २४ बजे

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले