कसिलो पहिरनले अभिनेत्रीलाई पुर्‍यायो अस्पताल ! « Khabarhub

कसिलो पहिरनले अभिनेत्रीलाई पुर्‍यायो अस्पताल !


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– फेसन सेन्स हुनु जोकोही कलाकारका लागि राम्रो कुरा हो । तर त्यही फेसन सेन्स नमिल्दा कहिलेकाँही कलाकार लडेर घाइते पनि हुन्छन् ।

आफ्नो स्वास्थ्यलाई भन्दा फेसनलाई बढी प्राथमिकता दिँदा दुर्घटनामा परिन्छ भन्ने उदाहरण चिनियाँ अभिनेत्री झाङ मेङ बनेकी छन् ।

आजतकमा प्रकाशित समाचारअनुसार सामाजिक सञ्जालमा उनको दुर्घटनाको किस्सा भाइरल भइरहेको छ । झाङ आफ्नो पहिरनका कारण अस्पतालको बेडमा पुगेकी छन् ।

झाङ एक कार्यक्रममा निकै कसिलो पहिरन लगाएर पुगेकी थिइन् । जसकारण उनको छातीमा चोट देखिएको थियो । यो कुराको जानकारी अभिनेत्री आफैंले दिएकी छन् ।

‘तपाईंहरु सबैलाई मप्रति देखाउनुभएको चासो र चिन्ताका लागि धन्यवाद । म ठिक छु । वास्तवमा भन्नुपर्दा मेरो पहिरन केही छोटो थियो । तर मसँग पहिरन फेर्ने समय थिएन । मेरो पहिरनको कुनै गल्ती छैन, किनकी म केही मोटी छु’, उनले लेखेकी छन् ।

उनले सबैलाई आफ्नो स्वास्थ्यबारे ध्यान दिन आग्रह गरेकी छन् । उनले सांघाई अस्पतालमा उपचार गराएकी छन् । छाती दुखाई तिब्र भएपछि उनी अस्पताल पुगेकी थिइन् ।

चिकित्सकले टाइट ड्रेसका कारण छातीमा समस्या आएको बताएका छन् । ‘टाइट ड्रेस लगाउदा छाती सामान्य अवस्था भन्दा भित्र दब्छ । जसकारण मानिसमा चाप बढ्छ । जसले गर्दा छाती दुखाई बढ्छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  २ : ४५ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान