अभिषेकले किन फेरे आफ्नो नाम ? « Khabarhub

अभिषेकले किन फेरे आफ्नो नाम ?


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता अभिषेक बच्चनले बलिउडमा एउटा लामो यात्रा तय गरिसकेका छन् । उनले हिट र फ्लप दुवै फिल्ममा काम गरेका छन्

उनले अभिनय गरेका कतिपय फिल्मले बक्सअफिसमा जबरदस्त कलेक्सन गर्यो भने कहिले नातावादको वाणले उनको करियरलाई चोटिल बनाउने काम पनि गर्यो ।

तर सफलता पाउनका लागि मेहनत र राम्रो अभिनयले पनि पुग्दैन । बलिउडमा यस्ता कैयौं सेलिब्रेटी छन्, जो ज्योतिष विद्यामा निकै विश्वास राख्छन् ।

उनीहरुलाई नम्बरको खेलमा आवश्यकता भन्दा बढी भरोसा हुन्छ । जब उनीहरुको त्यो भरोसा अटुट रहन्छ, त्यो समयमा सेलिब्रेटीहरु आफ्नो नाम बदल्न सुरु गर्छन् ।

आजतकमा प्रकाशित समाचारअनुसार अभिनेता अभिषेकले अहिले यस्तै काम गरेका छन् । आफ्नो करियरमा पहिलोपटक उनले आफ्नो नाम फेरेका छन् । उनको फिल्म ‘बिग बुल’को ट्रेलरमा ध्यान दिएर हेर्ने हो भने उनले आफ्नो नाम र थरको बीचमा एउटा अक्षर ‘ए’ जोडेका छन् ।

फिल्ममा ‘अभिषेक बच्चन’ को स्थानमा ‘अभिषेक ए बच्चन’ लेखिएको छ । अभिनेताले नाम र थरको बीचमा एउटा अक्षर जोडेका छन् । तर संख्याशास्त्रको दुनियामा यसको महत्व अलग छ ।

आफ्नो नाममा ‘ए’ अक्षर राखेपछि जीवनमा सकारात्मक परिणामहरु प्राप्त हुन्छन् भन्ने मान्यता छ । फिल्मको ट्रेलर हेर्दा अभिषेकले त्यही सकारात्मक परिणाम प्राप्त गर्न उनले नामको बीचमा एउटा अक्षर राखेको अनुमान लगाइएको छ ।

बलिउडमा आफ्नो नाम फेर्ने शैली पुरानो मानिन्छ । यो सूचीमा आयुष्मान खुराना, रानी मुखर्जी, तुषार कपुर, अजय देवगन, विवेक ओबराय, ऋतिक रोशनलगायतका कलाकारको नाम समावेश छ ।

कतिपयले आफ्नो नामको कुनै अक्षयर हटाएका छन् भने कसैले जोडेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ४ : १५ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान