‘कृष्णलीला’मा सस्पेन्स पुष्प « Khabarhub

‘कृष्णलीला’मा सस्पेन्स पुष्प


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही चैत २७ गते रिलिज हुने फिल्म ‘कृष्णलीला’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका प्रमुख कलाकार पुष्प खड्का र नवनायिका श्रद्धा क्षेत्रीको प्रेम र विछोडलाई प्राथमिकता दिइएको छ ।

ट्रेलरमा अभिनेता पुष्पलाई फरक गेटअपमा प्रस्तुत गरिएको छ । उनको बोल्ने शैली अन्य फिल्मको भन्दा फरक देखाइएको छ ।

ट्रेलर हेर्दा सुरुवाती समयमा पुष्प र श्रद्धा प्रेममा परे पनि पछि भने प्रहरी गेटअपमा देखिएकी श्रद्धाले पुष्पलाई खोजिरहेको देखाइएको छ । तर के कारणले उनीहरु अलग्गिए भन्ने थाहा पाउन फिल्म नै हेर्नुपर्ने हुन्छ ।

ट्रेलरमा बुद्धि तामाङ, रवीन्द्र झा, हिउँवाला गौतम, भावना गुरुङ, नवीन रेग्मीलाई पनि देखाइएको छ ।

दीपक वली निर्देशित फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता र प्रकाशराज कार्की तथा केवल तामाङ निर्माता छन् । फिल्मका प्रस्तुतकर्ता रोहित कट्टेल हुन् ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ६ : १५ बजे

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण

नोरा फतेही मुम्बई दुर्घटनापछि पनि स्टेजमा चम्किइन्

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही शनिबार मुम्बईमा सानो कार दुर्घटनामा