माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज, सरकारलाई दिएको समर्थन फिर्ताको तयारी « Khabarhub

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज, सरकारलाई दिएको समर्थन फिर्ताको तयारी


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।

दिउँसो१ बजे पार्टी कार्यालय पेरिसडाँडाँमा बस्ने बैठकमा विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

यस्तै बैठकमा पार्टीले सरकारलाई दिएको समर्थन फिर्ताबारे पनि निर्णय हुन सक्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताका आधारमा राजीनामा दिन दबाब दिँदा पनि उनले अटेरी गरेकाले अब समर्थन फिर्ताबारे निर्णय लिने तयारी भएको  साहले जनाए ।

नेकपा माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्रीको राजीनामा मागिरहे पनि प्रधानमन्त्री ओलीले एक औपचारिक कार्यक्रममा आफ्नो नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर देखाउन चुनौती दिएका थिए ।

यसअघि आइतबार प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्र सहभागी भएको थिएन । प्रधानमन्त्रीको कार्यालयले सबैलाई जानकारी गराएको बताए पनि माओवादी केन्द्रले भने खबर नै नपाएको जनाएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ७ : १० बजे

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर

संसदीय दलको नेता चयनप्रति असन्तुष्टि जनाउँदै एमाले युवाहरूद्वारा विरोध प्रदर्शन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्बद्ध युवाहरूले पार्टी नेतृत्वप्रति

दलको नेता चयनप्रति सुरेन्द्र पाण्डे असन्तुष्ट, भने : पार्टीभित्रको लोकतन्त्र कमजोर भइसक्यो

काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी भित्र आन्तरिक

पनौतीमा मनाइयो मुखौटा नृत्य महोत्सव (तस्बिरहरू)

काठमाडाैं । काभ्रेको पनौतीमा बुधबार मुखौटा नृत्य महोत्सव मनाइएको छ।