भारतमा संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड, एकैदिन २ लाख ७५ हजारमा संक्रमण « Khabarhub

भारतमा संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड, एकैदिन २ लाख ७५ हजारमा संक्रमण


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार ३०६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो ।

यसअघि (आइतबार) वैशाख ५ मा भारतमा अहिलेसम्मकै दोस्रो धेरै २ लाख ६० हजार ७७८ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ५० लाख ५७ हजार ७६७ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड २९ लाख ४८ हजार ८४८ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १९ लाख ३० हजार १२६ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ७८ हजार ७९३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १६२५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ७ : २५ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया