सशस्त्र प्रहरी बलको दुई बिओपी स्थापना « Khabarhub

सशस्त्र प्रहरी बलको दुई बिओपी स्थापना


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीमा सशस्त्र प्रहरी बल नेपालको दुई वटा बिओपी स्थापना भएका छन् ।

जिल्लाको भजनी नगरपालिका–६ मा बिओपी कालापातल र भजनी नगरपालिका–७ मा बिओपी हलौनाघाट स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालयले जनाएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठ र भजनी नगरपालिकाका उपप्रमुख छायाँ देवकोटाले उक्त दुईवटै नयाँ बिओपीको उद्घाटन संयुक्तरुपमा गरे ।

सो अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक श्रेष्ठले अहिलेको विषम् परिस्थितिमा सकल दर्जाका राष्ट्रसेवक सुरक्षाकर्मीको काँधमा राज्य र जनताको सेवा र सुरक्षाका खातिर ठूलो जिम्मेवारी आएको बताए ।

उनले सीमा सुरक्षा, अपराध नियन्त्रण र अवैध चोरी निकासी पैठारी नियन्त्रणमा बिओपीको प्रमुख काम भएकाले व्यावसायिक ढङ्गले कार्य क्षेत्रमा खटिन निर्देशन दिए ।

भजनी नगरपालिकाका उपप्रमुख देवकोटाले बिओपी स्थापनाले सीमा इलाकाका बासिन्दाले सुरक्षित महसुस गरेको र सीमा अपराध नियन्त्रण एवं सीमा सुरक्षा बिओपीले पूरा गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र कुँवर, स्थानीय जनप्रतिनिधिलगायतको सहभागिता थियो ।

एक सय एक किलोमिटर खुला सिमानामा रहेको कैलाली जिल्लामा १६ बिओपी स्थापना भइसकेको र क्रमिकरुपले बिओपीको सङ्ख्या बढाउँदै लैजाने नीति रहेको बताइएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ८ : ५५ बजे

स्याङ्जा-१ बाट सुन तस्करीका दोषी धनञ्जय रेग्मी रास्वपाबाट विजयी

स्याङ्जा – स्याङ्जा-१ बाट रास्वपाका धनञ्जय रेग्मी विजयी भएका छन

सर्लाही-४ : गगन थापा भन्दा अमरेश सिंह ३२ सयले अगाडि

काठमाडौं – सर्लाहीको क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी

तेह्रथुमबाट कांग्रेसका सन्तोष सुब्बा विजयी : एमालेका भानुभक्त ढकाल पराजित

काठमाडौँ – तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा विजयी भएका छन्। निवर्चान

काठमाडौँ ९ मा रास्वपाका उपसभापति डिपी अर्याल निर्वाचित

काठमाडौँ – काठमाडौँ ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार

झापा-५ बालेन्द्रले २८ हजार मत पाउँदा ओली सात हजारमा सीमित

झापा – झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ