एमाले निकट खेलकुद महासंघले राष्ट्रिय भेला गर्दै « Khabarhub

एमाले निकट खेलकुद महासंघले राष्ट्रिय भेला गर्दै


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको राष्ट्रिय भेला मंगलबार काठमाडौँमा हुने भएको छ ।

महासंघले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै खेलकुदको माध्यमबाट नेपालको बाम लोकतान्त्रिक आन्दोलनका आधारभूत मान्यतालाई समेत ध्यान दिई खेल क्षेत्रको विकासका लागि भेला आयोजना गरिएको जानकारी दिएको हो ।

‘खेलकुद नागरिकको मौलिक अधिकार, सम्वृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने नाराका साथ भेला आयोजना गर्न लागिएको भेला संयोजक रमेश पौडेलले जानकारी दिए ।

भेलामा ७७ वटै जिल्ला तथा आबद्ध विभिन्न खेल संस्थाहरुबाट करिब १ हजार जना प्रतिनिधिहरुको उपस्थितिमा खेलकुद र यस क्षेत्रको विकासका बारेमा छलफल गरिने उनले बताए । त्यस्तै आगामी कार्यदिशासहित केही महत्वपूर्ण घोषणाका साथै नेतृत्वको समेत पुनर्गठन गरि घोषणा गरिने पौडेलले बताए ।

भेलाको मंगलबार राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महासंघले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ५ : ३० बजे

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत

ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य

काठमाडौं । सरकारले डिजिटल प्रसारण क्षेत्रमा पहिलोपटक स्पष्ट कानुनी व्यवस्था

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

विद्युत् पोलका कारण निर्माणको काम नरोकिने समझदारी बन्यो : मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विकास निर्माण कार्यमा